यसरी गरियो शताब्दी पुरुष सत्यमोहन जोशीकाे सम्मान (फाेटाेफिचर)

 

बैशाख ३०, काठमाडौं । ९९ सय वर्ष पूरा गरेर १०० औं वर्षमा प्रवेश गरेका शताब्दी पुरुष संस्कृतविद् सत्यमोहन जोशीलाई सोमबार सम्मान गरिएको छ । 

उनलाई बग्गीमा राखेर नगरपरिक्रमा गराई सम्मान गरिएको हो । बग्गीमा सवारी गराउनका लागि जोशीलाई लिन मेयर चिरीबाबु महर्जन उनकै घरमा पुगेका थिए । 

null

दौरा सुरुवाल, टोपी र दूबोको मालामा सजिएका उनलाई सर्वसाधारणदेखि राजनीतिक दलका विशिष्ट नेता तथा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सहित सु–स्वास्थ्यको कामना पनि गरेका छन् । 

 

संस्कृतविद् जोशी सय वर्ष पुगेको अवसरमा ललितपुरमा आज सार्वजनिक बिदा समेत दिइएको छ भने १ वर्ष सम्म उनको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ । 

 

 

 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *