सुनितासँगको प्रेममा यतिसम्म पागल छन् अनिल, खोले विवाह गर्नुको रहस्य

 

जेठ ५, काठमाडौं । बलिउड नायक अनिल कपुरले सुनिता कपुरसँग लगनगाँठो कसेको झण्डैँ ३५ वर्ष पुगिसकेको छ । 

१० वर्षको प्रेमलाई १९ मे सन् १९८४ मा विवाहमा परिणत गरेका उनीहरुको जीवनमा कुनै किसिमको हलचल आएको छैन । झन् कसिलो बन्दै गएको छ, उनीहरुको प्रेम । 

null

अनिल कपूरले आफ्नो विवाहको वर्षगाँठमा एक समाचार एजेन्सीसँगको अन्तर्वार्तामा खोलेका अन्तरङ्ग कुराकानीबाट पनि उनीहरुबीचको प्रगाढ प्रेम झल्किन्छ । 

‘मलाई सुनिताको आवाज निकै मन पर्थ्यो । सुनिताको आवाजसँग प्रेम भएको थियो । कस्तो राम्रोसँग अंग्रेजी बोल्छिन् । उच्चारण त अति नै राम्रो छ । पहिलो पटक उनलाइ राजकपुरको घरमा भेटेको थिएँ । उनी निकै आकर्षक थिइन्, अझ भनौं निकै सेक्सी पनि । उनले गोगो चश्मा लगाएकी थिइन् । त्यसपछि हाम्रो फोनमा कुरा हुन सुरु भयो र हामी साथी भयौं’, अनिलले अन्तर्वार्तामा वैवाहिक जीवनबारे खुल्दै भनेका छन्, ‘ सुरुमा हामी राम्रो साथी बन्यौं र त्यसपछि हामी प्रेममा पर्यौं । जब उनी मबाट टाढा हुन्थिन्, मलाई उनको याद आउन थाल्यो । जबसम्म उनीसँग कुरा हुँदैनथ्यो एउटा खालीपन महसुस हुन्थ्यो ।’ 

सुनिता मिडियासँग किन लजाउँछिन् भन्ने प्रश्नमा अनिलले उनी मिडियासँग लजाउँदिनन्, कुरा मात्र गर्न चाहन्नन् भने । उनका अनुसार उनकी श्रीमती सुनिता साधारण जीवन बाँच्न चाहन्छिन् । उनले आफू श्रीमती सुनिताको निर्णयको सम्मान गर्ने बताउँदै भने, ‘कहिलेकाँही यो मेरोविरुद्ध समेत जाने गर्छ । म आफूलाई जनताको सामुन्ने राख्न चाहन्छु । केही म्यागजिन कभर सुट होस् भन्ने चाहन्छु जसमा लेखिएको होस् ‘ह्याप्पी फ्यामिली’, ‘अनिल कपुरकी श्रीमती’ । मैँले धेरै कोशिस गरेँ । यस्तो कभर पाउनका लागि मैँले लगभग उसको खुट्टा नै ढोगिसकेको छु ।’ 

अनिलले मानिसहरु उनलाई विवाह नगर्न सुझाउने गरेको पनि खुलाए । सुनितासँगको प्रेम र उनको करियर एकैचोटी सुरु भएको थियो । विवाह गर्दा करिअर गुम्ने भन्दै मानिसहरु उनलाई विवाह नगर्न सुझाव दिन्थे । तर उनले मानेनन् । सुनिताका लागि आफ्नो करिअर दाउमा लगाए । उनले भने, ‘म यस्तो अवस्थामा थिएँ जहाँ प्रेम र करियरमध्ये एकलाई छान्नु थियो । मैले काम पाउन सुरु गरेको थिएँ तर मानिसहरुले मलाई भन्थे, ‘तिमीले राम्रो गरिरहेका छौ यो तिम्रो करियरको राम्रो सुरुवात हो । तिमी सफलताको सिढि चढिरहेका छौ तर तिमीले विवाह गरेपछि तल झर्नेछौ । मैले उनीहरुलाई तल झर्न मलाई केही समस्या छैन तर म सम्झौता नगर्ने बताउँथे । उनी मेरो लागि निकै महत्वपूर्ण थिइन् । यो साँचो हो, म झुटो बोलिरहेको छैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *