सैनिक ज्वालामुखीको ७० फिट गहिरो खाल्डोमा खसेर जिउँदै निस्केपछी

बैशाख २३ ।  एक ३२ वर्षका सैनिक ज्वालामुखीको उत्कृष्ट दृश्य हेर्ने चक्करमा ७० फिट गहिरो खाल्डोमा खसेका छन् । 

 

बुधबार भएको यो घटना हवाईको किलोइआ भोल्क्यानोको हो । अधिकारीका अनुसार उनी उत्कृष्ट दृश्य हेर्नका लागि रेलिङमा चढेका थिए । सैनिक नराम्रोसँग घाइते भए तर उनलाई ७० फिट गहिरो खाल्डोबाट निकालिएको छ । 

null

सैनिकको नाम सार्वजनिक गरिएको छैन तर उनी ओहूको स्कोफिल्ड बराक्सको बासिन्दा बताइएको छ । उनी हवाई आइल्याण्डमा एक अभ्यासमा भाग लिइरहेका थिए । स्थानीय अधिकारीका अनुसार घटना करिब साढे ६ बजेको हो । 

एक प्रत्यक्षदर्शीले अधिकारीलाई यसबारे जानकारी दिएपछि जवानको उद्दार कार्य तत्काल सुरु गरिएको थियो । सैनिकलाई उक्त खाल्डोबाट राती ९ बजेर ४० मिनेट जाँदा निकालिएको जानकारी दिइएको छ । ती व्यक्तिलाई खाल्डोबाट निकालेपछि हवाई यात्रा गराएर हिलो मेडिकल सेन्टर पुर्याइयो । 

हवाई भोल्क्यानोज नेशनल पार्कका प्रमुख रेन्जर जोन ब्रोवार्डले एक वक्तव्य जारी गरेका छन् । यसमा उनले भनेका छन्, ‘पर्यटकहरुले कहिले पनि सुरक्षाका लागि बनाइएका बार पार गर्ने कोसिस गर्नुहुँदैन । यस्तो गर्नु खतरनाक हुनसक्छ र मानिसको मृत्यु पनि हुनसक्छ । ’ 

किलोइआ भोल्क्यानो अहिले बिस्फोट भइरहेको छैन तर यो एक सक्रिय ज्वालामुखी हो । यो ज्वालामुखीले एक वर्षअघि करिब सात सय घर विनास गरेको थियो । एजेन्सी 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *