औषधिको म्याद बाटोमै सकिएको खुलासा

बैशाख २६, जाजरकोट ।  जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले महामारी हुन सक्ने ठाउँमा पठाएको औषधिको म्याद बाटोमै सकिएको खुलासा भएको छ । जिल्लामा महामारी हुनसक्ने सम्भावित ठाउँमा पठाउने भन्दै राखिएको औषधिको म्याद बाटोमै गुज्रेपछि समस्य भएको हो । 

 

गर्मीयाम सुरु भएसँगै जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा झाडापखाला, टाइफाइट, ज्वरोजस्ता समस्या देखिन थालेपछि औषधि अभाव हुन नदिन जिल्लाका मुख्यमुख्य ठाउँमा तयारी हालतमा राखिएको औषधिको म्याद गुज्रेको पाइएको हो । 

null

जिल्लाका सातवटा स्थानीय तहमा स्वास्थ्य कार्यालय, जाजरकोटले पठाएको औषधि म्याद नाघेका हो । अधिकांश औषधिको म्याद हप्ता दिन मात्र बाँकी रहेको छ भने केही औषधिको म्याद सकिएको पाइएको छ । सबैभन्दा बढि स्टासेफ नामक औषधिको म्याद गुज्रेको पाइएको नगरस्वास्थ्य शाखा नलगाड नगरपालिकाका प्रचण्ड कार्कीले जानकारी दिएका छन् । 

नलगाड नगरपालिकाको दल्ली, लहँ र चौखामा पठाएको औषधिमा म्याद गुर्जेको खबर आएको कार्कीले बताए । 

जाजरकोटका दुर्गम गाउँमा पठाएको औषधि त्यस्तो भएमा तत्काल वितरण रोक्नका लागि पहल गर्ने स्वास्थ्य प्रमुख गौरव ढकालले बताए । 

गर्मी मौसम सुरु भएसँगै जिल्लाका अधिकांश ठाउँमा बिरामीको चाप बढेको छ । औषधि कम हुन नदिनका लागि पठाएका औषधिको बाटोमै म्याद गुज्रेपछि कसरी उपचार गर्ने भनेर समस्यमा परेको स्वास्थ्य चौकी चौखाले बताएको छ । औषधि वितरण गर्दा ध्यान नदिएको भन्दै नागरिक अगुवाले आक्रोश व्यक्त गरेका छन् । रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *