चर्चित अभिनेतामाथी बलात्कारको मुद्दा दर्ता गर्ने महिलामाथी चक्कुर आक्रमण

 

जेठ १२,भारत । भारतका चर्चित टेलि अभिनेता करण ओबरोयमाथी बलात्कारको मुद्दा दायर गर्ने एक महिलामाथी चक्कुले आक्रमण गरिएको छ । 

तीब्र गतीमा बाईकमा आएका दुई व्यक्तिले एक चिठ्ठी फ्याक्दै उक्त युवतीमाथी दुई चोटी चक्कले प्रहार गरी भागेको मुम्बईको ओशीवारा पुलिस स्टेशनका सिनियर इन्स्पेक्टर एसडी पसल्वरले बताएका छन् । 

null

पिडित महिलालाई फ्याकिँएको चिठ्ठीमा ‘आफ्नो मुद्दा फिर्ता लिउ ।’ जस्ता कुराहरु लेखिएको प्रहरीले जनाएको छ । 

फरार रहेका व्यक्तिको खोजीकार्य भईरहेको र घटनाबारे थप मुद्दा दर्ता गरी अनुसन्धान गरी रहेको सिनियर इन्स्पेक्टर पसल्वरले जानकारी दिएका छन् । चर्चित टेलि अभिनेता करण ओबरोय ‘जस्सी जेसी कोही नहीँ, सारा, दिशाएं’ जस्ता टेलिचलचित्रले सानो पर्दामा उदाएका थिए । 

उनले खेलेका यी दुई भारतीय टेलिचलचित्र निकै चर्चित बनेको थियो । टेलि नायक करण विरुद्ध उक्त आक्रमणमा परेकी पिडित महिलाले सन् २०१८ मा बलात्कारको मुद्दा दायर गरेकी थिईन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *