प्रियंकासँगको तस्विर सार्वजनिक गर्दै निकले लेखे यस्तो भावुक स्टाटस

 

जेठ १२, काठमाडौं । अमेरिकी गायक निक जोनासले बलिउड अभिनेत्री प्रियंका चोपडाको सिउँदो भरेको १ वर्ष पुगेको छ । याे विशेष दिन शनिबार जोडीले आफ्नै शैलीमा मनाए । 

उनीहरु दुवै एक अर्काको साथमा थिएनन् । निक अमेरिकामै थिए तर प्रियंका यूनिसेफको ब्राण्ड एम्बेसडरको रुपमा इथियोपियामा कुपोषित बच्चाहरुलाई भेट्न पुगेकी थिइन् । त्यसैले उनीहरुले सामाजिक सञ्जालमा एक अर्काप्रतिको भावना व्यक्त गरेर सेलिब्रेट गरे ‘वैवाहिक वर्षगाँठ’ । 

null

 

निकले हालै भएको कान्स फिल्म् फेस्टिबलमा खिचिएको एक रोमान्टिक तस्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गर्दै लेखेका छन्, ‘एक वर्ष पहिले आजकै दिन म साथीहरुको साथमा हलिउड बाउलमा ‘ब्यूटी एण्ड द बीस्ट’ हेर्न गएका थियौँ । ती मध्ये एक साथी महिला थिइन् । जो मेरी सबैभन्दा असल मित्र, मेरी विश्वासपात्र, मेरी सुन्दर पत्नी बनिन् । म तिमीसँगको अहिलेसम्मको यात्राका लागि आभारी छु । तिमी मेरो मुस्कानको कारण हौ र उत्कृष्ट बन्नका लागि प्रेरित गर्छौ । तिम्रो पति हुनु मेरो लागि सम्मानको कुरा हो । आई लभ यू प्रियंका चोपडा ।’ 

निकको पोष्टमा प्रियंकाले पनि रिप्लाई दिएकी छिन् । उनले लेखेकी छिन्, ‘मेरो जिन्दगीमा अहिलेसम्म जे भयो, त्यसमा सबैभन्दा अद्भुत तिमी आउनु हो । आई लभ यू बेब ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *