तपाईलाई करोडपती ज्वाई बन्न मन छ ? त्यसो भए यी शर्तहरु पुरा गर्नुहोस्

 

जेठ ३ ।  थाइल्याण्डका करोडपति व्यापारी अनोन्त रोथांगले आफ्नी छोरीको विवाहको लागि अनौठो शर्तहरु अगाडि सारेका छन् । 

छोरीको विवाहको लागि उनले दिएको अनलाइन विज्ञापनका अनुसार, उनको छोरीलाई विवाह गर्ने केटाले ३,१३,५०० डलर नगद तथा उनको व्यवसायमा मालिक बन्ने मौका पाउनेछन् । 

null

तर यसका लागि केही शर्तहरु चाहिँ पालना गर्नुपर्ने हुन्छ । सवैभन्दा पहिले त उनको छोरीसँग विवाह गर्न चाहने मेहनती हुनुपर्छ, चुरोट खैनी नखाने हुनुपर्छ, उसको उमेर २६ देखि ४० वर्षको बीचमा हुनुपर्छ । 

रमाइलो कुरा त के छ भने उनको ज्वाइँ बन्न चाहनेले उनले कारोवार गर्ने ड्यूरियन फलहरुको व्यापारको बारेमा सबै कुरा सिक्न र बुझ्नका लागि तत्पर पनि हुनुपर्छ । 

चार बच्चाहरुको पिता रोथांगको प्राथमिकता चाहिँ माथिका शर्तहरु पालना गर्ने चिनियाँहरु रहेका छन् । छोरीको विवाहमा पनि व्यापारिक बुद्धिको प्रदर्शन गर्ने उनको आँखा चाहिँ विशाल चिनियाँ बजारमा पनि रहेको देखिन्छ । 

पछिल्लो केही वर्षहरुमा चिनियाँ बजार थाइल्याण्डको लागि एउटा गतिलो एक्सपोर्ट बजार बन्दै गइरहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *