अपडेटः काठमाडौंको कालोपुलमा युवतीमाथी एसिड प्रहार, ब्यापक प्रहरी परिचालन
२०७६ जेठ २ गते

जेठ १, काठमाडौं । काठमाडौंको कालोपुलमा युवतीमाथी एसिड प्रहार भएको छ । कालोपुल बस्ने २० बर्षिय जेनी खड्कामाथी एसिड प्रहार भएको हो ।घाईते जेनीको ओम अस्पताल चावहिलमा उपचार भईरहेको छ ।
घटना ८ बजे भएको हो । उनलाई कसले किन एसिड प्रहार गर्यो खुल्न सकेको छैन । एसिड आक्रमण गर्नेको खोजीको लागि ब्यापक प्रहरी परिचालन गरिएको प्रहरी प्रबक्ता विश्वराज पोखरेलले बताए ।
२०७६ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित








