रुकुम पश्चिममा जीप दुर्घटना: ८ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं, ३० वैशाख । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । आठविसकोट नगरपालिका वडा नम्बर ८ दाजेबाट वडा नम्बर ९ राडी बजारतर्फ आउँदै गरेको ग १ ज ६०४० नम्बरको जीप वडा नम्बर ७ को साउने खोला नजिकै आइतबार बेलुका दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । 

 

दुर्घटनामा परि घाइते हुनेमा आठविसकोट नगरपालिका वडा नम्बर ८ का २८ वर्षका भुपेन्द्र बोहोरा, त्यही ठाउँका ४० वर्षका प्रजित बुढा, २१ वर्षका दिपक बोहोरा रहेका छन् । त्यस्तै वडा नम्बर ८ कै ४० वर्षका भिम बहादुर आरसी, २८ वर्षका खिमराज बुडा रहेको प्रहरीले जनाएको छ । 

null

यस्तै आठविसकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नबराज बुढा, त्यही ठाउँका १७ वर्षका विशाल बोहोरा र २५ वर्षीय जीपका चालक हरिबहादुर बुढा घाइते भएका छन् । प्रहरीका अनुसार खिमराज बुढा, भिमबहादुर आरसी र गाडी चालक हरिबहादुर बुढाको अबस्था गम्भीर रहेको छ । 

घाइते भएका आठै जनालाई आठविसकोट नगर अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ । दुर्घटनाको कारण नखुलेको र घटना बारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । गाडी सडकबाट अनुमानित ५ सय मिटर तल खसेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *