अबको तीन दिन देशैभरि हुरीबतास र चट्याङसहित पार्नी पर्ने

काठमाडौं, २८ वैशाख । मौसमले एक पटक देशमा च्यालेन्ज दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि सोमबारसम्म तीन दिनसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ । भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा बदली हुन लागेको हो । 

यस्तो छ महाशाखाले जारी गरेको विज्ञप्ति; 

वैशाख २८ गते (शनिवार)दिउँसो– देशभरि आंशिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।राति– देशभरि आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

null

वैशाख २९ गते (आईतवार)दिउँसो– देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।राति– देशभरि आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

वैशाख ३० गते (सोमबार)दिउँसो– देशभरि आंशिकदेखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।राति– देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =