‘अबको लडाइँ कृषिमा फड्को मार्ने, गरीबी समाप्त गर्ने’

 

जेठ १४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको अबको लडाइँ गरीबी समाप्त गर्ने, कृषि र शिक्षामा फड्को मार्ने र प्राप्त अधिकारलाई सुदृढ तुल्याउने हुनुपर्ने बताएका छन् । 

१२ औं गणतन्त्र दिवसको अघिल्लो दिन आज रेडियो नेपाल र नेपाल टेलिभिजनद्वारा आयोजित विशेष जागरण गीत सम्मेलनका सहभागी र अतिथिलाई सिंहदरबारस्थित रेडियो नेपालको परिसरमामा सम्बोधन गर्ने क्रममा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘अबको लडाइँ गरीबी समाप्त गर्ने, कृषि र शिक्षामा फड्को मार्ने र प्राप्त अधिकारलाई सुदृढ तुल्याउने हुनुपर्छ ।’ 

मन्त्री बाँस्कोटाले गणतन्त्रपछि बनेको पहिलो बहुमतको सरकारले गणतन्त्रलाई संस्थागत गर्ने र देशलाई प्रगतिको दिशामा उन्मुख गराउने नीति तथा कार्यक्रम ल्याएको स्मरण पनि गराए । उनले भने, ‘रातारात मुलुक बन्दैन। आर्थिक परिवर्तन जति सजिलो छ, सामाजिक र सांस्कृतिक परिवर्तन गर्न उत्तिकै कठिन रहेकोले अब हाम्रो ध्यान त्यता जानुपर्छ।’ 

सबैभन्दा ठूलो कुरा गणतन्त्रले सबैलाई नेपालमा पहिले कहिल्यै नभएको स्वतन्त्रता, स्वाधीनता र समान अवसर दिएको स्पष्ट पार्दै सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताए । 

‘अब हाम्रा बस्तीमा बारुदको गन्ध जरुरी छैन, गणतन्त्रमा जनता नै मालिक हुने भएकाले जनताका अगाडि बन्दुक केही होइन’, मन्त्री बाँस्कोटाले भने। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *