दहीसँग यी चिज एकसाथ खाँदा स्वास्थ्यलाई हानिकारक

बैशाख १७ । दही भन्नाले दुधबाट बनेको एक स्वादिष्ट परिकार भन्ने बुझिन्छ । दही खानु धेरै व्यक्ती मन पराउँछन् भने केही व्यक्ति यो खान मन नपराउने हरु पनि पाईन्छ । दही जाडोमा भन्दा गर्मीमा धेरै खाईन्छ । गर्मीमा यसको सेवनले शरिरमा शितलता प्रदान गर्ने भएकै कारणले पनी मानिसहरु यसलाई गर्मीममा खान धेरै मन पराउँछन् । दहीको खपत गर्मी मौसममा निकै बढ्छ । 

 

दही सेवन गर्दा हाम्रो स्वास्थ्यलाई पनि निकै फाईदा गर्दछ । धेरै व्यक्तिको बानी हुन्छ दही सँग केही न केही मिसाएर खाने तर केही खाने कुराहरु दहीसँग प्रयोग गर्दा यसले हाम्रो स्वास्थ्यमा खराव असर गरि रहेको हुन्छ । जस्तै केही चिजहरु दहीसँग एकसाथ खाँदा शरीरमा टक्सिन बन्न थाल्छ । फलस्वरूप वाकवाकी तथा उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । दही सँग एकसाथ के–के चिजहरु खान हुँदैन तल बताईएको छ । 

null

केरा र दही : हामीकहाँ दहीको नाम लिने बित्तिकै केराको नाम पनि आइहाल्छ । दही र केरा मिसाएर खुबै खाइन्छ पनि । यसपछि धेरैले पेट चस्किएको गुनासो पनि गर्छन् । तर दही र केरालाई एकसाथ सेवन गर्नु राम्रो मानिँदैन । खानै परे पनि २ घन्टाको फरक पारेर मात्र खानुपर्छ । 

चीज र दही : आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकैपटक खाँदा शरीरमा नकारात्मक असर गर्छ । 

इडलीडोसासँग दही: यो परिकार नेपालको होइन तथापि कतिपय भारतीय तथा नेपाली रेष्टुराँहरूले यो परिकार सर्भ गर्छन् । इडली बनाउँदा दही मिसाइएको त हुन्छ तर पनि यसमा दही थपेर खाँदा स्वास्थ्यमा विगार गर्नसक्छ । 

मासको दालसँग दही: मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरेसरह हो । भुलेर पनि यिनलाई एकसाथ खानुहुँदैन ।आँप र दही: गर्मी फलको राजा मानिने आँपको पनि सिजन हो । भुलेर पनि आँप र दही एकसाथ खानु हुँदैन किनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ । दही शीतकारक हुन्छ भने आँपले गर्मी गराउँछ तसर्थ एकसाथ सेवन गर्दा शरीरमा टक्सिन निर्माण हुनसक्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *