खैरहनीमा मासु पसल अनुगमन, अधिकांश सरसफाईमा कमजोर

 

बैशाख २९, चितवन । चितवनको खैरहनी नगरपालिकाभित्र रहेका मासु पसलहरुको आइतबार अनुगमन गरिएको छ । खाद्य स्वच्छता कायम गर्दै स्वच्छ मासु उपभोक्ता समक्ष पुर्याउने उद्देश्यका साथ खैरहनी नगरपालिकाले नगरको बजार क्षेत्रमा रहेका मासु पसलहरुको अनुगमन गरेको हो । 

खैरहनी नगरपालिका उपप्रमुख एवम् बजार अनुगमन समिति संयोजक सुनिता थपलियाको नेतृत्वमा नगरपालिकाको वडा नम्बर ६ र ८ मा रहेका पसलहरु मध्ये करिब दुई दर्जन पसलको अनुगमन गरिएको थियो । अनुगमन गरिएका मध्ये धेरै पसलहरुले सरसफाईमा सुधार गर्नुपर्ने देखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । 

null

त्यस्तै धेरै पसलहरु नगरपालिकामा दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । अनुगमन गरिएका मध्ये न्यु शुलभ मार्केटिङको मासु काट्ने ठाउँको अवस्था निकै कमजोर पाइएको थियो । 

 

यसैगरी पर्सामा रहेको दाजुभाइ मासु पसलको फ्रिजमा खसीको बोसो गनाएको अवस्थामा भेटियो । केही पसलहरुले खुल्ला रुपमा मासु बिक्री गरेको, मासुमा हरियो झिंगा समेत भेटिएको थियो । 

नगरपालिकामा दर्ता नभएकालाई दर्ताका लागि आग्रह गरिएको छ भने सरसफाईमा कमजोर पाइएका पसलहरुलाई एक साताभित्र सुधार गर्न सचेत गराइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउत, नगरपालिकाका सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक एवम् खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनी, उद्योग वाणिज्य संघ खैरहनीकी प्रथम उपाध्यक्ष कमला श्रेष्ठ,नगरपालिकाका पशु शाखा प्रमुख रुद्र श्रेष्ठ लगायत कर्मचारीहरु, प्रहरी लगायतको उपस्थितीमा अनुगमन गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *