(भाजपा) सांसद स्मृति इरानीका निकट एक व्यक्तिको गाेली हानी हत्या

 

जेठ १२, भारत ।  भारतीय लोकसभा चुनावको पूर्ण नतिजा आइसकेको छ तर विभिन्न स्थानमा राजनीतिक वैमनस्यताको विषयमा मानिसहरुबीच तनाव जारी छ । ताजा मामला उत्तर प्रदेशको अमेठीबाट आएको छ । 

यहाँ अमेठीबाट भारतीय जनता पार्टी (भाजपा) सांसद स्मृति इरानीका निकट एक व्यक्तिको गाेली हानी हत्या गरिएको छ । उनको लखनउको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । 

null

मिडिया रिपोर्ट अनुसार भाजपा निकट र अमेठीको ग्राम विरौलियाका पूर्व ग्राम प्रधान सुरेन्द्र सिंहको गोली हानी हत्या गरिएको हो । भारतीय समाचार माध्यमका अनुसार हत्यापछि इलाकामा तनाव व्याप्त छ जहाँ कांग्रेस र भाजपा निकट मानिसहरु आमने–सामने भए । 

#Breaking | .@smritiirani’s close aide Surendra Singh shot dead. pic.twitter.com/Urbu7Z0TKX 

यस विषयमा कांग्रेस र भाजपाका मानिसबीच झडप पनि भयो जसका कारण त्यहाँ तनाव छ । 

पुलिस अधिकारी दयारामले बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहलाई शनिबार राती करिब साढे ११ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको छ । उनलाई गम्भीर अवस्थामा उपचारका लागि लखनउ पठाइयो जहाँ उनको मृत्यु भयो । उनका अनुसार यो मामलामा दुईजनालाई हिरासतमा लिइएको छ । घटनाको अनुसन्धान भइरहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *