कांग्रेसको छाया सरकारमाथि व्यंग्यः ‘२०/३० वर्ष रहोस्, शुभकामना’

 

जेठ ८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले कांग्रेसले गठन गरेको छाया सरकारमाथि व्यंग्य गरेका छन् । 

बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले कांग्रेसले गठन गरेको छाया सरकार २०/३० वर्ष टिकोस् भन्दै व्यंग्य गरेका हुन् । 

null

‘कांग्रेसले छाया र दायाँ–बायाँ गरेर मन्त्रिमण्डल बनाएको रहेछ । म सबै मन्त्रीज्यूहरुलाई बधाई र हार्दिक शुभकामना दिन चाहन्छु । उहाँहरुको कार्यकाल २०/३० वर्ष रहोस्, यो पनि शुभकामना !’, सांसद बस्नेतले भने । 

यस्तै उनले कांग्रेसले सरकारसँग संवाद र सहकार्यको अभियानलाई अगाडि बढाउन छाया सरकार गठन गरेको टिप्पणी गरे । उनले भने, ‘कांग्रेसले सरकारसँग सहकार्य गर्न छाया सरकार गठन गरेको छ । संवाद र सहकार्यको प्रक्रियालाई कांग्रेसले अगाडि बढाओस् । रचनात्मक प्रतिपक्षको भूमिका खेलोस् र आलोचनात्मक समर्थन गरेर अगाडि जाओस् ।’ 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत सोमबार कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिम छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि मन्त्रालय स्तरीय छाया सरकार (समन्वय समिति) गठन गरेको थियो । 

सरकारका कामकारबाहीको निगरानी गर्नका लागि सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १७ महिनापछि छाया सरकार गठन गरेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *