गर्मीमा माटोको भाँडाको पानी पिउनुस्, हुनेछ यस्ता फाइदा

एजेन्सी । हाम्रो जीवनमा पानीको धेरै महत्त्व छ । दिनमा एकचोटि नखाइकन पनि काम चलाउन सकिन्छ तर पानी नपिउँदा त छटपटिने स्थिति आउँछ । आजकल धेरैजसो घरमा पानी सफा गर्नका लागि फिल्टर प्रयोग गरिन्छ । अनि गर्मीमा पानीलाई चिसो राख्नका लागि फ्रीज प्रयोग हुन्छ । तर फ्रीजको पानी पिउँदा जोर्नीको समस्या हुन्छ र अत्यधिक चिसो पानी पिउँदा घाँटी दुख्छ । 

 

यस्तो अवस्थामा माटोको भाँडो उपयुक्त विकल्प हुन्छ । भाँडोमा राखेको पानी चिसो पनि बस्छ अनि यसलाई फिल्टर पनि गरिरहनुपर्दैन । यस अतिरिक्त भाँडोको पानी पिउँदा स्वास्थ्यलाई पनि फाइदा पुग्छ । फ्रीजमा पानी चिसो बनाउनका लागि प्लास्टिकका बोतल राखिन्छन् जसका कारण प्लास्टिकका अशुद्धिहरू पानीमा जम्मा हुन पुग्छन् । 

null

यसले धेरैथरी रोग जन्माउँछ । यसको साटो माटोको भाँडोमा पानी राख्ने गर्नुस् । माटोमा रोगसँग लड्ने धेरैथरी क्षमताहरू हुन्छन् । त्यसैले त पहिले मानिसहरू माटोको भाँडोमा पानी राख्ने । त्यतिखेर के को फिल्टर नि ? कोही मानिसको खाना खानेबित्तिकै पानी पिइदिने बानी हुन्छ । गर्मीमा फ्रीजको चिसो पानी पिउँदा पाचनशक्ति खराब हुन्छ । त्यसैले घडामा राखेको पानी पिउनुस् । 

दिउँसो बाहिर घाममा हिँड्नुपर्दा मानिसलाई चिसो पिउन मन लाग्छ र उसले फ्रीजको पानी गट्काउँछ । तातो शरीरमा अत्यन्त चिसो पानी पिउँदा गलामा समस्या आइलाग्छ । माटोको भाँडोमा राखेको पानी पिउँदा यो समस्या हुँदैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *