भारतीय प्रधानमन्त्री मोदीद्वारा राजिनामा

 

एजेन्सी । भारतीय प्रधानमन्त्रीले राजिनामा दिएका छन् । भारतीय लोकसभा निर्वाचनमा पार्टीले ऐतिहासिक विजय हासिल गरेपछि दोस्रो पटक सरकारको नेतृत्व गर्न मोदीले सरकारबाट राजिनामा दिएका हुन् । कुल ५४२ सिट क्षेत्रमा भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ३०३ सिट जितेको छ । यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो साता उनको शपथ ग्रहण कार्यक्रम छ । पुनः प्रधानमन्त्री बन्न उनले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन् । राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेका भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ । 

null

केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । नयाँ सरकार नबनेसम्म मोदी नेतृत्वको सरकारले ’कामचलाउ सरकार’का रुपमा काम गर्नेछ । शपथ अगाडि मोदी आफ्नो निर्वाचन क्षेत्र वाराणासी जाने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै उनी आफ्नी आमालाई भेट्न जाने पनि बताइएको छ । 

पाँच वर्षअघि भाजपाले २ सय ८२ सिट जितेको थियो । यसपालि भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ । पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो । यसपालि १४ सिट बढाएर ३ सय ५० र्पुयाएको छ । 

प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ । पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ र्पुयाएको छ भने उसको गठबन्धन युपिएले ८५ सिट जितेको छ । सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो । 

लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *