यस ट्वीटका कारण बलिउड नायक विवेक ओबरोयलाई पक्राउ गर्न माग

  

 

जेठ ७, भारत ।  लोकसभा चुनावको विषयमा एग्जिट पोलको चारैतिर चर्चा भइरहेको छ । सोसल मिडियामा पनि मानिसहरु यो रुझानमा आफ्नो धारणा व्यक्त गरिरहेका छन् । तर एग्जिट पोलमाथि गरिएको एक ट्वीटको विषयमा अभिनेता विवेक ओबरोय विवादमा फसेका छन् । 

null

सोमबार उनले एग्जिट पोलको विषयमा एक टिप्पणीसहित एक मीम सेयर गरे । जसका कारण माइक्रो ब्लगिङ प्लेटफर्म ट्वीटरमा उनको आलोचना हुनथाल्यो । 

उनले जुन तस्बिर साझा गरे त्यसमा अभिनेत्री ऐश्वर्या रायलाई सलमान खानसँग, विवेक ओबरोयसँग र अन्तिममा श्रीमान अभिषेक बच्चन, छोरी आराध्या बच्चनसँग देखाइएको छ । तस्बिरमा लेखिएको छ, ‘ओपिनियन पोल, एग्जिट पोल–नतिजा ।’ 

महाराष्ट्रको नेशनल कांग्रेस पार्टी (एनसीपी) ले विवेकको व्यवहारमा कडा आपत्ति जताएको छ । 

ट्वीटमा आफ्नोबाहेक चार अन्य व्यक्तिको नीजि जीवनको मजाक उडाएकोमा विवेक ओबरोय ट्रोलको शिकार भएका छन् । एनसीपीले विवेको ट्वीटमा प्रश्न उठाउँदै भनेको छ, ‘एक पद्मश्री सम्मानित व्यक्तिका लागि यस्तो भाषाको प्रयोग कसरी गर्न सक्छ । राष्ट्रिय र राज्य महिला कमिशन के गरिरहेको छ ?’ 

एनसीपीले भन्यो, ‘उनलाई (विवेक) विरुद्ध एक्सन लिनुपर्छ र यनलाई पक्राउ गर्नुपर्छ ।’ 

 

विवेकको यो ट्वीटपछि जहाँ आलोचना सुरु भयो, राष्ट्रिय महिला आयोगले पनि उनलाई नोटिस पठाएर यसबारे स्पष्टिकरण मागेको छ । 

विवेकले आफू आयोगसँग मिलेर आफ्नो पक्ष राख्न चाहेको तर आफूले केही गलत नगरेको स्पष्टिकरण दिएका छन् । 

उनले समाचार एजेन्सी एएनआईसँग भने, ‘माफी माग्न कुनै समस्या छैन । तर मैले के गलत गरेको छु ? यदि मैले केही गलत गरेको भए पो माफी माग्नु । मलाई लाग्दैन कि मैले गल्ती गरेको छु ।’ 

ट्वीट र आलोचनाः 

विवेक ओबरोयको उक्त ट्वीट सार्वजनिक भएलगत्तै मानिसहको प्रतिक्रिया आउन थाल्यो । अभिनेत्री सोनम कपुर, खेलाडी ज्वाला गुट्टा र थुप्रै पत्रकारले यो ट्वीटलाई ‘लज्जा’ बताएका छन् । 

अभिनेत्री सोनम कपुरले लेखिन्, ‘सबैभन्दा खराब र क्लासलेस ।’ 

Disgusting and classless. https://t.co/GUB7K6dAY8 

पत्रकार पल्लवी घोष लेख्छन्, ‘लज्जास्पद… यसले देखाउँछ कि उनको कुनै क्लास छैन…’ 

Shameful .. shows lack of class .. too much to expect an apology even .. 

सबिता सिंह नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘विवेक अब तपाईंले आफ्नो विवेक गुमाइसक्नुभएको छ ।’ 

पत्रकार मयंक गुप्ता लेख्छन्, ‘अत्यधिक खराब ठट्टा… विशेषगरी बच्चालाई पनि यसमा समावेश गरिनु निकै नराम्रो हो ।’ 

ज्वाला गुट्टाले लेखे, ‘यो ट्वीटको कुनै अर्थ छैन, निराशाजनक ।’ 

  

Extremely absurd of you to tweet this!! Disappointing! 

शिल्पी तिवारी लेख्छिन्, ‘यसबाट बाहिर आउनुहोस् । यो मिम तपाईंबारे होइन भनेर तपाईंलाई पनि राम्रोसँग थाहा छ । नाम कमाउने उद्देश्यसहित तपाईं सेयर गर्नुभएको यो ऐश्वर्यामाथि बनेको मिम ग्राफिक भाइरल हुनेछ । तपाईंले आफ्नै मजाक उडाइरहनुभएको छ भनेर मानिसहरुलाई उल्लु नबनाउनुहोस् ।’ 

कमेलेश सुतर लेख्छन्, ‘यी व्यक्तिले एक बालिकालाई मिममा संलग्न गर्नुअघि १० हजार पटक सोच्नु पर्दथ्यो । तपाईंमाथि लाज लाग्यो विवेक ओबरोय ।’ 

जब नाश मनुज पर छाता है,पहले विवेक मर जाता है !! https://t.co/b3Uf49QppW 

 

महिला आयोगले जारी गर्यो नोटिसः 

भारतको राष्ट्रिय महिला आयोगले यसबारे विवेक ओबरोयसँग जवाफ मागेका छन् । 

महिला आयोगको तर्फबाट जारी गरिएको नोटिसमा भनिएको छ, ‘महिला आयोगले यस्ता विभिन्न मिडिया रिपोर्ट भेटेको छ जसअनुसार विवेक ओबरोयले कथित रुपमा एक निकै अपमानजनक र महिला विरोधी ट्वीट गरेका छन् । यो तस्बिरमा एक महिला र बालिकालाई देखाइएको छ । तपाईंले कथित रुपमा चुनावको रुझान र नतिजाबारे टिप्पणी गर्दै कुनै महिलाको महिलाको व्यक्तिगत जिन्दगी छुनुभएको छ ।’ 

‘यसले अनैतिकता र महिलाप्रतिको अपमानलाई दर्साउँछ । यो मामलामा तपाईंले आयोगलाई सन्तोषजनक जवाफ दिनुपर्छ ।’ एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *