नेपाल बङ्गलादेश बैंकको शाखा र्मिचैया र मलङ्गवामा

 

जेठ १०, काठमाडाैँ ।  नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो थप दुई शाखा संचालनमा ल्याएको छ । यस बैंकले जेष्ठ ०७ गतेबाट सिराहा जिल्लाको र्मिचैया र सर्लाही जिल्लाको मलङ्गवामा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ भएको छ। 

उक्त शाखाहरुकोे औपचारिक समुद्घाटन सम्बन्धित नगरपालिकाका उच्च पदाधिकारीहरु तथा बैंकका संचालक  ईन्द्र बहादुर थापाद्धारा गरिएको थियो । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए । 

null

बैँकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो। 

साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । र्मिचैया र मलङ्गवा शाखाहरु सहित बैंकले ९० शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७२ वटा ATM बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *