स्वपनीलको नयाँ गीत समर्पित छ हरेक नेपालीको लागि
२०७६ वैशाख ३१ गते

बैशाख ३०, काठमाडाैँ । सुमधूर स्वरका धनी गायक, संगीतकार तथा रचनाकार स्वपनील शर्माले आफ्नो नयाँ गीत “जोशिलो छ गोर्खाली” बजारमा ल्याएका छन् ।
उक्तगीतले सबैमा रहेको वीर गोर्खाली मुटु र नेपालीको जिवन्तभावनालाई सम्मान गरेको भेटिन्छ । मन छुने शब्द र संगित रहेको उक्त गितको भिडियो बिभिन्न कला संस्कृती समावेश गरी निकै आकर्षित तरिकाले बनाइएको छ ।
null
स्वपनीलको गीतहरुमा लुकेको भवनात्मकताले जो कोहिलाई पनि सोच बदल्न बाध्य बनाईदिन्छ । मुखैमा झुण्डिने उक्त गीतको भावले हरेक नेपालीको ढुकढुकीलाई बढाउनेछ ।
यस गीतमा प्रयोग गरिएको परम्परागत बाजाहरुले यो गीतलाई बेग्लै मौलिकता प्रदान गरेको भेटिन्छ । यस गीतको रचनामा देश प्रतिको माया, विविधता र यहाँको मानिसको स्पष्ट झल्को पाइन्छ ।
भिडियाे हेर्नुहाेस्
२०७६ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








