दिनदिनै ब्रा चोरिन थालेपछी इटहरीका युवतीहरु चिन्तित

बैशाख २६, काठमाडौं । सुनसरीको इटहरी ४ स्थित शिशिर टोलका केहि घरमा युवती एवं महिलाले धोएर सुकाएको ब्रा हराउँदा आक्रान्त भएका छन् । महिला एवं युवतीको भित्री पहिरन ब्रा सुकाएकै ठाँउबाट चोरी हुन थालेपछि स्थानीय युवती र महिला आजित बनेका हुन् । 

 

टोलका महिला तथा युवतीहरुले धोएर सुकाएका ब्रा दिन र रातमै गायब हुन थालेपछि स्थानीय युवती र महिला आश्चर्यमा परेका छन् । दिनमै पनि कतिपय युवतीका ब्राण्डेड ब्रा चोरी भएको स्थानीय महिला रोजिना दाहालले बताइन् । उनले धोएर धारा वा कल आसपास सुकाएकै ठाँउबाट धेरै दिदी बहिनीहरुको ब्रा चोरी भएको भन्दै पातला युवती र महिलाको मात्र ब्रा हराएको बताइन् । उनले यो श्रृंखला दुई महिनादेखि चलिरहेको जिकिर गरिन् । 

null

कोठा भाडा लिएर बसेका दुईजना दिदि बहिनीको पटक पटक ब्रा चोरी भएको भन्दै अर्की महिलाले आफुहरु आश्चर्यमा परेको अनि कसले र किन चोरेको होला भनेर अन्यौलता बढेको बताइन् । ती महिलाले बा्र चोरले ब्रा हरु छानीछानी चोर्ने गरेको जिकिर गरिन् । उनका अनुसार बा्र चोरले नयाँ र ब्राण्डेड ब्राहरुमा मात्रै चोरी गर्ने गरेको छ । त्यसमा पनि पातला महिला, युवतीहरुका ब्रा हराउने गरेका छन् । 

त्यस्तै सोहि टोलकी रमिता घिमिरेले केही दिनअघि भने दुईवटा घरका झ्यालबाट रड प्रयोग गरेर मोबाइल, पेन्टमा भएको नगद र कपडा समेत चोरी भएको बताइन् । घिमिरेले स्थानीय जनक कार्कीको घरको दुईतला माथिको कोठाबाट सोमबार राती मोबाइल, नगद र कपडा चोरी भएको र सोही रात एक कोठाबाट पनि नगद चोरी भएको बताइन् । 

नगद मोवाईल हराउनु अघि ब्रा चोरीले महिलाहरु आजित भएका भएपनि अहिले झ्यालबाट रड छिराएर चोरी हुन थालेको स्थानीय रमिला कटवालले बताइन् । कटवालले ब्रा लगायत मोवाइल, पर्स तथा नगद चोरीका घटना बढेको प्रति चिन्ता व्यक्त गदै टोल समितिको पहलमा प्रहरी कार्यालय जाने तयारी भएको बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *