समुद्रमा खसेको आइफोन ह्वेलले फिर्ता गरेपछी…

बैशाख २५ ।  बेलुगु प्रजातिको ह्वेलले समुन्द्रमा दुर्घटनावश् खसेको आइफोन त्यसकी मालिकलाई फिर्ता दिएको छ । 

 

इशा ओप्दाहल गत सोमबार नर्वेस्थित ह्यामरफेस्ट हार्बरमा आफ्ना साथीसँग डुङ्गामा घुमिरहेकी थिइन् । इशाले आफ्नो फोन ज्याकेटको खल्तीमा राखेकी थिइन् तर त्यो बन्द गर्न भने बिर्सिएकी थिइन् । त्यसैले उनको फोन समुद्रमा खस्न बेर लागेन । 

null

यो कुनै नौलो घटना होइन तर फोन खसेपछि जे भयो त्यसले धेरैको ध्यान खिचेको छ । यो घटना भिडियोमा समेत कैद भएको छ । 

भिडियोमा देखिए अनुसार एउटा ह्वेल डुङ्गा नजिक देखापर्छ र पानीबाट टाउको निकालेर फोन देखाउँछ । 

  

त्यसपछि इशाले ह्वेलको मुखबाट फोन निकाल्छिन् । 

यो देखेर इशा छक्क पर्छिन् । ‘हामी सबै निकै चकित भएका थियौं । हामीले आँखाले देखेको कुरा पनि विश्वास गर्न सकिरहेका थिएनौं,’ उनले भनिन् । ‘म अत्यधिक खुसी भएँ । फोन फिर्ता पाएकोमा ह्वेलप्रति निकै आभारी छु ।’ 

भिडियो सार्वजनिक भएपछि उक्त ह्वेल रसियाली सेनाले जासुसीका लागि तालिम दिएको हुनसक्ने भन्दै धेरैले अनुमान गरेका छन् । 

गत हप्ता नर्वेली माझीले एउटा बेलुगा ह्वेललाई क्यामरा जडित हार्नेस लगाएको अवस्थामा समुद्रको किनारामा भेटेका थिए । पुलिसको सहायतमा ह्वेलको शरीरमा बाँधिएको हार्नेस निकालिएको थियो । 

 

  

विशेषज्ञका अनुसार उक्त ह्वेललाई रुसी अपरेटरको रुपमा तालिम दिइएको थियो तर तालिमको बीचमा नै ह्वेल भागेको थियो । 

स्मरण रहोस्, बेलुगा ह्वेल एक सामाजिक प्राणी हो । यसले एक–अर्कासँग कुराकानी गर्न निकै तिखो आवाज निकाल्ने गर्छ । एजेन्सी 

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *