पाँचथरमा १५ वर्षीय किशोरीको घाटी रेटेर हत्या


काठमाडौं, ३० वैशाख । पाँचथरमा १५ वर्षीय किशोरीको घाटी रेटेर हत्या भएको छ । जिल्लाको हिलिहाङ पच्चमीकी शीतल योङहाङको घाटी रेटेर आइतबार साँझ हत्या भएको हो ।
युवती योङहाङ १९/२० वर्षीय युवकको प्रेममा करिव १ वर्षदेखि रहेकी र केहि दिनदेखि उनीहरुको सम्बन्ध विग्रीएको प्रहरी अनुसन्धानमा खुलेको छ । घटना भएकाे स्थान केटाकाे गाउँ देखी ८/९ घण्टाको दुरीमा भए पनी केटीको गाउँ भने सोही स्थान भएको खुल्न आएको छ ।
null
जिल्ला प्रहरी कार्यालय पाँचथरका इनिस्पेक्टर अनिल पौडेलका अनुसार, केटाकाे गाँउबाट ७/८ घण्टाको दुरीमा रहेको कोहि नबस्ने घरमा ती दुईजना पुगेका थिए । केटीसँगकाे सम्बन्ध विग्रीएका कारणले ती युवकले नै उक्त किशाेरीकाे निमर्तापूर्वक हत्या गरेकाे हुन सक्ने आशंका गरिएकाे इनिस्पेक्टर पौडेले जानकारी दिएका छन् ।
किशाेरीकाे शव हत्या भएकाे स्थानबाट २०/३० मिटरकाे दुरीमा फेला पारिएकाे र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।
