बर्माकी चर्चित नायिका सोइ प्याइ थाजिन भईन् भिक्षुणी

  

 

जेठ १०, काठमाडौँ । बर्माकी चर्चित नायिका तथा मोडेल सोइ प्याइ थाजिन भिक्षुणी बनेकी छिन् । 

null

उनले आफ्नो जीवनलाई सरल र सही तरिकाले जिउने भन्दै भिक्षुणी बनेकी हुन् । भिक्षुणी भएपछी उनको नाम नुन राखिएको बिभिन्न मिडियाले जनाएको छ । 

 

म्‍यानमारकी फिल्म उद्योगमा निकै नाम कमाएकी मोडेल सोइ प्याइ थाजिनले पैसा,सुन्दरता, पद सधै एकनास नहुने बताएकी छिन् । उनले भनिन् ‘पैसा सबै चीज होइन, सुन्दरता पनि चीर स्थायी रहँदैन। त्‍यतिमात्रै होइन नाम र पद पनि लामो समय रहँदैन। त्‍यसकारण म साधारण भिक्षु बनेर जीवन जिउन चाहन्छु।’ 

उनले आफू बुद्धको अनुयायी बनी संसारमा बुद्धको पञ्‍चशील, अष्टाङ मार्गले मात्र शान्ति, सद्भाव र भाइचाराको भावना ल्‍याउन र यसलाई संसारभर फैल्याउने उदेश्यले आफू भिक्षुणी बनेकी उनले बिभिन्न सञ्चार माध्यमलाई बताएकी छिन् । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *