यसकारण आलियाले भोट हाल्न पाउँदिनन्

 

बैशाख २, काठमाडौं । बलिउड नायिका आलिया भट्टले चुनावमा भोट हाल्न नपाउने भएकी छिन् । 

भारतमा जारी लोकसभा चुनावमा हजारौँले भोट हालिरहँदा आलियाले भने पासपोर्टका कारण भोट हाल्न नपाउने बताएकी छिन् । 

null

उनले एक अन्तर्वार्तामा भोट हाल्न नपाउनुको कारणबारे खुलाउँदै भनिन्, ‘म पासपोर्टका कारण भारतको चुनावमा भोट हाल्न पाउँदिन । मसँग दोहोरो नागरिकता छैन ।’ 

भारतमा दोहोरो नागरिकता दिने प्रावधान छैन । आलियासँग अहिले बेलायतको नागरिकता छ। आलियाकी आमा सोनी बेलायती नागरिक हुन्। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *