अर्जुन–मलाइकाको विवाह स्थगित, परिवारले स्विकारेनन् ?

 

बैशाख ४, काठमाडौं । केही समयअघि चर्चामा रहेको सलमान खानका भाई अरबाज खानकी पूर्व पत्नी मलाइका अरोडा खान र अभिनेता अर्जुन कपूरबीचको बिवाह स्थगित भएकाे छ ।  

आफूहरुबीचको सम्बन्धलाई छिट्टै नै आधिकारिक घोषणा गर्न चाहिरहेका बेला परिवारका कारण मलाइका र अर्जुनले केही समयका लागि बिवाह स्थगित गरेका हुन् ।  

null

दुवै जना १९ अप्रिलमा विवाह बन्धनमा बाँधिने कुरा बाहिरीएको थियो । तर हाल विवाह हुने छाँटकाँट देखिएको छैन । स्रोतका अनुसार दुवै जना विवाह गर्नेछन्, तर अहिले यसबारेमा दुवै जनाले चुप रहने फैसला गरेका छन् । 

सुरुदेखि नै अर्जुनको परिवारले यस रिलेशनशिपलाई अस्विकार गर्दै आएको छ । पिता बोनी कपूर, बहिनी अंशुला र सोनम कपूर अर्जुनसँग कुरा गर्ने कोशिश गरेका थिए तर यसले कुनै फाइदा भएन । 

यसबाहेक अर्जुनको चलचित्र इण्डियाज मोस्ट वान्टेड रिलिज हुँदैछ । वास्तवमा अर्जुन कपूर चलचित्र प्रमोशनको समयमा व्यक्तिगत जीवन नतानियोस् भन्ने पनि चाहन्छन् । त्यसैले उनले विवाहलाई पर धकेलेल्ने निर्णय गरेका हुन् । 

मलाइकाले भने विवाहको खबर नै झुटो भएको दाबी गरेकी थिइन् । दुई वर्षअघि अरबाज खानसँग विवाह टुटेपछि मलाइका र अर्जुन रिलेशनशिपमा छन् । दुवै जना केही समय पहिले माल्दिभ्समा छुट्टी मनाएर फर्किएका थिए । 

मलाइका र अर्जुनबीचको प्रेम निकै गहिरो छ र दुवै एक अर्काको साथमा निकै खुशी देखिन्छन् । मलाइका अरोडा खानले सन् २०१७ मा पति अरबाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । अरबाज र मलाइकाबीचको विवाह टुट्नुको पछाडि पनि अर्जुन कपूर नै रहेको बताइएको थियो । त्यसैकारण अभिनेता सलमान खान अर्जुन कपूरसँग अहिले सम्म रिसाएका छन् ।  

मलाइका ४५ वर्षकी भइन् भने अर्जुन कपूर ३३ वर्षका भए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *