आफैंले पालेको चराले आक्रमण गर्दा एककाे मृत्यु

 

बैशाख २ ।  दुबै खुट्टामा लामा पंजा भएका क्यासोवारी नामको एउटा ठूलो चराको आक्रमणमा परी चराका मालिकको फ्लोरिडास्थित घरमा मृत्यु भएको सिएनएनले बताएको छ । 

चराका मालिक ७५ वर्षे मार्भिन हाजोसले शुक्रबार स्थानीय समयानुसार बिहान १० बजे ९११ मा आफैंले फोन गरेको स्रोतले बताएको छ । दोस्रो फोन घटनास्थलमा रहेका अर्का व्यक्तिले गरेको बताइएको छ । उनले चराको आक्रमणमा परी एक व्यक्ति घाइते भएकाले शीघ्र सहयोगको माग गरेको अलाचुवा काउन्टी सेरिफ अफिसका लेफ्टीनेन्ट जोसुवा क्रुले बताए । 

null

हाजोसलाई तत्काल अस्पताल पुर्याएको जहाँ उनको मृत्यु भएको लेफ्टीनेन्टले बताए । ‘हाजोसले दुर्लभ चराको प्रजनन गराउँथे,’ अलाचुवा काउन्टी डेप्युटी फायर चिफ जेफ टेलरले भने । 

‘उनको मृत्यु एक दुर्घटना थियो,’ अधिकारीले भने । ‘घटना हेर्दा यस्तो लाग्छ कि ती व्यक्ति खसे र क्यासोवारीले आफ्नो अगाडि अचानक मानिस देखेपछि हमला गरेको जस्तो देखिन्छ,’ टेलरले भने । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *