कलिङ भिसा पाइसकेकाहरूले भोलिदेखि मलेसियाका लागि श्रम स्वीकृति पाउने

चैत १७, काठमाडौं । कलिङ भिसा पाइसकेकाहरूले भोलिदेखि मलेसियाका लागि श्रम स्वीकृति पाउने भएका छन् । 

वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई भोलिदेखि श्रम स्वीकृति दिन पत्राचार गरेको हो । 

७ हजार नेपालीले कलिङ भिसा लिएका थिए । तर सरकारले श्रम स्वीकृति रोक्दा उनीहरु जान पाएका थिएनन् । 

null

वैदेशिक रोजगार विभागले मलेसियन राजदूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ । 

भोलिदेखि कलिङको लागि खुले पनि नयाँको लागि भने अझै केही समय लाग्ने छ । स्वास्थ्य संस्थाको सूचिकरण भइरहेका कारण समय लाग्ने श्रम मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *