टिकटक क्वीन “प्रिन्सी र प्रिज्मा” एकै लगनमा बिवाह गर्दै (भिडियाे सहित)

 

चैत्र २५, काठमाडाैँ ।  टिकटकबाट भाइरल भएर सर्वाधिक चर्चा कमाउन सफल भएकी प्रिज्मा र प्रिन्सी खतिवडा रियल लाईफमा नभई रिल लाईमा बेहुली हुन लागेका हुन् । उनीहरुले गायक प्रमोद खरेलको “झुमा झुमा” भन्ने बोलको गीतको म्युजिक भिडियोमा बेहुलीको हुन लागेका हुन् । हाल उनीहरू यहि गितको सुटिङमा व्यस्त छन् ।  

यो भन्दा अगाडी उनीहरुले शिशिर भण्डारीसँग नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘माया जिन्दावाद’ बोलको गितमा अभिनय गरेका थिए । शिशिर भण्डारीको ‘माया जिन्दावाद’ बाट उनीहरुले कलाकारिता क्षेत्रको रंगिन दुनियामा पहिलो चोटी पाहिला टेकेका थिए । टिकटकमा सारै रुचाइएकी यी दुई दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको ‘माया जिन्दावाद’ लाई पनी दर्शकले अत्याधिक रुचाएका थिए । यो गितले नि निकै चर्चा बटुल्न सफल भएकाे थियाे । गायक खरेलको “झुमा झुमा” बोलको गित नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिने भएको हुनाले उक्त गित हेर्न नयाँ वर्ष नै कुर्नुपर्ने गायक खरेल बताउँछन् । उक्त गितमा बेहुलीमा यी दुई दिदीबहिनी देखिए पनी बेहुला को हो भन्ने सार्वजनिक गरिएको छैन । 

null

भिडियाे हेर्नुहाेस् 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *