पाकिस्तानमा बम बिस्फोट हुँदा १६ जनाकाे को मृत्यु

 

चैत्र २९ ।  पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ । स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो । 

समाचार एजेन्सी एपीपीका अनुसार पुलिसका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो । धमाका पछि सुरक्षाबलले इलाकालाई घेरामा लिएको छ । पुलिसका अनुसार हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्छन् । 

null

समाचार एजेन्सी एएफपीका अनुसार मारिएका र घाइते भएका धेरैजसो मानिसहरु यसै समुदायका हुन् । पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला गरिँदै आएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *