२० वर्षे युवतीको आँखाबाट मौरी निस्किए पछी

 

बैशाख १ ।  आँखा शरिरका ती संवेदनशील अंग मध्येको एक हो जसमा यदि सानो कण वा धुलो पसेपनि निकै असहज महसुस हुन्छ । तर यदि महिलाको आँखाबाट डाक्टरले चार जिउँदो मौरी निकालेको भन्ने खबर सुन्नुभयो भने तपाईं के भन्नुहुन्छ ? यो कुरा तपाईंलाई अचम्म लाग्ला तर ताइवानमा एउटा यस्तै घटना सार्वजनिक भएको छ जसले डाक्टरलाई समेत चकित बनाइदिएको छ । डेली मेलको खबर अनुसार ताइवानका डाक्टरले एक युवतीको आँखाबाट चारवटा मौरी निकालेका छन् । ती मौरीले युवतीको आँसु पिइरहेका थिए । 

 २० वर्षे मिस हि नामकी युवती आफ्ना आफन्तसँग खेतमा गाँजाको बोट उखेलिरहेका बेला ती मौरी उनको आँखाभित्र पसेको थियो । त्यसपछि उनी ताइवानको दक्षिणी भेगमा रहेको फोयिन युनिभर्सिटी अस्पताल पुगिन् । परीक्षणको क्रममा ती चार मौरीले युवतीको आँसु पिइरहेको पत्ता लाग्यो जसका कारण उनको आँखा सुन्निएको थियो । 

null

 

हस्पिटलका आँखा विशेषज्ञ डा. हुङ्ग सी–तिङ्गले यो घटनालाई संसारकै पहिलो बताएका छन् । पीडित हिले भनिन्, ‘हामी एक आफन्तको चिहान सफा गरिरहेका थियौं । त्यसपछि हामीले गाँजाको बोट उखेल्यौं । अचानक हावा चल्न सुरु भयो जसका कारण मेरो आँखाभित्र केही पस्यो । मलाई लाग्यो बालुवा वा धुलो छिर्यो ।’ 

‘मैले आँखा धोएँ तर राती अत्यधिक दुख्यो । निकै तिखो पीडा महसुस भयो । मेरो आँसु लगातार बगिरहेको थियो,’ उनले भनिन् । भोलिपल्ट उनी अस्पताल गइन् । परीक्षणको क्रममा उनको आँखाभित्र किरा देखिए । सुरुमा कुन किरा भनेर ठम्याउन सकिएन । 

डा. हुङ्गले भने, ‘मैले आँखाभित्र किराको खुट्टाजस्तो देखेँ त्यसकारण मैले उनीहरुलाई एकएक गर्दै बिस्तारै झिकेँ, उनीहरुलाई क्षती नपुग्नेगरी ।’ ‘मैले चारवटा मौरीलाई जीवित निकालेँ ।’हिलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनी पूर्ण रुपमा स्वस्थ हुने अनुमान गरिएको छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *