यसरी अन्त्य हुँदैछ छाउप्रथा

 

बैशाख ११, अछाम । सुदूरपश्चिमको अछाम लगायत विभिन्न जिल्लामा धामीझाँक्री र देवता रिसाउने भन्ने मान्यताका कारण समाजमा विकराल रूप लिएको छाउप्रथा अन्त्यका लागि साँफेबगर नगरपालिका–६ मा अभियान नै सञ्चालन गरिएको छ । 

छाउप्रथा अन्त्यका लागि त्यहाँका स्थानीय बुद्धिजीबी समाजका अग्रणी र त्यहाँका राजनीतिक कार्यकर्ताहरू यतिबेला सक्रियतापूर्वक लागेका छन् । 

null

घरमा छोरी बुहारीलाई महिनावारी हुँदा घरमै सुरक्षित बस्नुपर्छ र आफू सरसफाइ हुनुपर्छ भन्ने चेतना जगाउन आजकल गाउँघरमा विभिन्न कार्यक्रम तथा विद्यालयमा सडक नाटकसमेत गरिँदै आएको छ। घरमा महिनावारी हुँदा छोरी र बुहारीले खाना पकाउनु हुन्न भन्ने सोच हट्दै गएको छ । 

केही वर्ष अगाडि नै गाउँमा छाउपडी गोठमुक्त घोषणा भइसकेपछि त्यहाँ महिनावारी भएका समयमा सबै आमा दिदी बहिनी, छोरी चेलीलाई दूध, दहीसहित पोषिलो आहरा खान सल्लाह दिइन्छ । 

आगामी दिनमा जसले छाउपडी प्रथा मान्छ र मान्न लगाउँछ त्यसलाई नेपालको कानुनअनुसार कारबाही गर्नुपर्ने कतिपय वृद्धाहरु सुनाउँछन् । 

पछिल्लो समयमा नेपालको फौजदारी आचारसहिंताले यस्ता घरेलु हिंसा गर्नेलाई कानुन बमोजिम दण्डित गर्ने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *