कन्सर्टका लागि दुई दिन अगाडी नै डीजे निकी रोमेरो नेपालमा

 

बैशाख ३, काठमाडौँ । आगामी बुधबार आयोजना हुन लागेको कन्सर्टको लागि विश्व विख्यात डीजे तथा संगीतकर्मी निकी रोमेरो नेपाल आएका छन् । उनी र उनको टिम कन्सर्ट हुनुभन्दा दुई दिन अघी नै नेपाल आएका हुन् । 

 रोमेरोसँग विश्व ख्याती प्राप्त डीजे तथा संगीतकर्मीहरु अविची, हार्डवेल, टिएस्तो, फेड्डी ले ग्र्याण्ड, सान्डर भान डूर्न, डेविड गुएट्टा, केल्भिनि हेरिससहितसँग काम गरेको अनुभव रहेकाे छ । 

null

कन्सर्ट प्रिभे नेपालको आयोजनामा सम्पन्न हुन लागेको हो । यो भन्दा अगाडी पनी नेपालमा विश्वविख्यात डीजे तथा सलमान खानलाई बोलाएर कार्यक्रम गर्ने भनिएको थियो र त्यसका लागि प्राविधिक कार्यहरु पनी सम्पन्न हुदैँ थियो तर अन्तीम घडीमा आए विविध कारणवश उक्त कार्यक्रम सम्पन्न हुन सकेको थिएन । 

तर डच डीजे तथा संगीतकर्मीको लाइभ कन्सर्ट भने हुने निश्चित भई सकेको छ । डीजे निकी रोमेरो र उनका टिम कन्र्सटका लागि दुई दिन अगावै अर्थात सोमबारका दिन नै नेपाल आईपुगेका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *