प्रेग्नेन्ट छिन् दीपिका ?

 

वैशाख १, नयाँ दिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोणले एक वर्ष अघि रणवीर सिंहसँग इटालीको कोमोमा विवाह गरेकी थिइन् । जुन तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । त्यसपश्चात् दीपिका–रणवीर सिंहले ३ वेडिङ्ग रिसेप्शन राखेका थिए । 

सामाजिक सञ्जालमा विवाहको चर्चा नसकिँदै उनीहरूकाे नयाँ चर्चा सुरु भएको छ । केही समयदेखि दीपिकाको प्रेग्नेन्सीको खबरले पनि सामाजिक सञ्जालमा राम्रै स्थान पाएको छ । सबैले उनी प्रेग्नेन्ट भएको अनुमान लगाएका छन् । 

null

तर दीपिका भने यसलाई जनमानसको भ्रम बताउँछिन् । यसबारे बोल्दै एक अन्तर्वार्तामा उनले भनिन्, ‘प्रेग्नेन्सीको खबर झुटो हो । हो, म एकदिन अवश्य आमा बन्नेछु । तर कुनै महिलामाथि प्रेग्नेन्सीको दबाब दिनु ठिक होइन । जुुन दिन महिलामाथि प्रेग्नेन्सीको सवाल–दबाब दिन छोडिन्छ, त्यही दिनदेखि संसारमा नयाँ बदलाव आउने छ ।’ 

दीपिका पादुकोण चलचित्र ‘छपाक’ मा देखिँदैछिन् । चलचित्रको सूटिङ्ग सुरु भइसकेको छ । यो चलचित्र एसिड अट्याक सर्भाइवर लक्ष्मीको बायोपिक हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *