बसको ठक्करबाट चितवनमा एक वृद्धको मृत्यु
२०७५ चैत २१ गते

चितवन, २१ चैत्र । बसको ठक्करबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख ३५०० नम्बरको बसले ठक्कर दिँदा परिचय नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
खैरहनी नगरपालिका–९ नमुना पेट्रोल पम्पअगाडि बुधवार राति साढे ७ बजे ठक्कर दिँदा पैदल हिँडिरहेका करिब ७० वर्षीय वृद्धको घट्नास्थलमै मृत्यु भएको जनाइएको छ । वृद्ध मानसिक सन्तुलन ठीक नभएको व्यक्ति भएको प्रहरीले बताएको छ ।
null
वृद्धको शव भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
२०७५ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित








