साहित्यकार नगेन्द्रराज शर्माको निधन
२०८३ असार ३१ गते

काठमाडौं । साहित्यकार नगेन्द्रराज शर्माको ८९ वर्षको उमेरमा निधन भएको छ । उनको गौरीनगरस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो ।
‘अभिव्यक्ति’ द्वैमासिकका संस्थापक सम्पादक एवं प्रकाशक शर्माका ‘महापुरुष’ र दिवास्वप्न’ उपन्यास तथा ‘पिपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कृति छन् । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको दिवङ्गत शर्माको पारिवारिक स्रोतले जनाएको छ ।
२०८३ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








