२०७६ साल कुन राशिका लागि कस्तो ?

 

आजबाट नयाँ वर्ष २०७६ साल प्रारम्भ भएको छ । नयाँ कामको शुभारम्भ गरिनुका साथै एकापसमा शुभकामना आदानप्रदान गर्ने दिन पनि हाे, आज । आजको दिन अघिल्लो वर्ष पुरा नभएका संकल्पको समिक्षा तथा नयाँ वर्षमा नयाँ संकल्पसमेत गरिन्छ। मन्दिरमा पूजा अर्चना गरी अघिल्लो सालमा गरेका पापहरु नाश भइ यो वर्ष राम्रोसँग बितोस्, सुखद् रहोस् भन्दै कामना गर्ने प्रचलन पनि छ । 

ज्योतिष शास्त्र अनुसार ग्रह, नक्षत्र अनुसार राशिमा वर्षैपिच्छे राम्रो–नराम्रो प्रभाव पर्ने हुन्छ । तपाईंका लागि कस्तो छ त यो वर्ष ?  

null

२०७६ साल कुन राशिका लागि कस्तो ?  

मेष वर्षको प्रारम्भमा केही समस्या वा अवरोध आएता पनि बृहस्पतिको शुभ प्रभावले कार्यहरूमा सफलता प्राप्त हुने नै देखिन्छ। नयाँ कार्यका थालनी, रोकिएका कामको निरन्तरता गर्न सहज वातावरण मिल्नेछ। कुनै गुप्त कार्य वा अनुसन्धानात्क विषयमा सफलता हासिल हुनेछ भने जेठ देखि कार्तिक सम्मका दिनहरूमा स्वस्थ्य स्थीतीमा समस्या उत्पन्न हुने, घरपरिवार भित्र खर्च धेरै गर्नुपर्ने अवस्था सिर्जना हुने आदि हुनसक्छ। विशेष गरि विदेश यात्राको लागि भने यो वर्षलाई शुभ रुपमा नै लिन सकिन्छ। लामा छोटा यात्राहरु देखि धार्मिक कार्यहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। राहु केतुको प्रतिकुलताको कारण साथीभाइ वा सामाजिक सञ्झालभित्र राम्रै छाप पार्न सक्ने पनि देखिन्छ। पैत्रिक सम्पती वा जग्गाजमिनमा कार्यहरू खलबल मच्चिने वा अप्ठ्यारो परिस्थिति सिर्जना हुने हुनसक्छ । आर्थिक दृष्टिकोणले विचार गर्दा आम्दानीका स्रोतहरु खुल्ने, सरुवा बढुवा वा जागीरमा पदोन्नति आदि हुने देखिन्छ । खासगरी साउन, असोज, कार्तिक र चैतका महिनाहरुमा आर्थिक कमजोरी महसुस हुनेछ। 

शिक्षाको विषयलाई जोड्नुपर्दा बृहस्पति ग्रहको प्रभाव त्यति राम्रो नदेखिएकोले जेठ देखि कार्तिक सम्म पढाइमा केही कमजोरी वा अवरोध उत्पन्न हुनसक्छ त्यसभन्दा पछाडी पढाइ एवं उच्च शिक्षामा भने प्रगति गर्ने समय नै रहेको छ। प्रेमको मामिलामा घरपरिवार सँग कुरा नमिल्ने प्रेम सम्बन्धमा सन्तुष्टता नआउने हुनसक्छ। स्वस्थ्य स्थिति विचार गर्दा हाडजोर्नी, छाला एवं आँखा सँग सम्बन्धित रोगहरु देखा पर्न सक्छन् साथै शनि केतुको दुस्प्रभावको कारण चोटपटक आदिको भय पनि देखिन्छ। चतुर्थी तिथिहरुमा शुद्ध भोजन ग्रहण गर्नुहोला। 

तपाईंको लागि यो वर्ष शुभ रंग पहेँलो, रातो लाई मान्न सकिन्छ भने शुभ अंक १, ७, ९ र बिजोर अंक रहेका छन्। 

वृषविलासिताका विषयमा राम्रै लाभ हुने देखिन्छ भने जग्गाजमिन, ठेकेदारी, व्यापार, फिल्म इन्डस्ट्री आदिबाट फाइदा उठाउने समय रहेको छ। स्थान्तरण हुने वा जागीरमा कार्यभार थपिनेछ। उच्च व्यक्तित्वहरु सँगको सम्पर्कले उच्च पद ग्रहण गर्ने एवं आफ्नो प्रतिभाहरु फैलाउने समय रहनुका साथै व्यक्तित्व विकासको समय पनि रहेको छ । सामाजिक एवं राजनैतिक कार्यहरूमा अग्रसर हुने, ठुला अवसरहरु आउने, जोस जागर र धैर्यताले नयाँ मार्ग प्रशस्त हरु हुने, पत्रकारीता एवं साहित्यको क्षेत्रमा उचित स्थान ओगट्ने जस्ता सकारात्मक प्रभावहरु देख्न सकिन्छ। आर्थिक दृष्टिकोणले पनि अर्थ मजबुत हुँदै जानेछ । 

खासगरी भदौ देखि कार्तिकका दिनहरुसम्म अर्थ अभाव, असन्तुष्टि, आन्योलता आदि सिर्जना हुनसक्छन्। जेठ, साउन, मंसिर, फाल्गुन र चैतका महिना केही शुभ नै मान्न सकिन्छ। प्रेमको मामिलामा नयाँ सम्बन्धहरु गासिने, वैवाहिक एवं दाम्पत्य जीवनमा खुसियाली आउने आदि हुनेछ। शनि केतुको अष्टम भावमा रहेको प्रभावको कारण सानातिना चोटपटक, मानसिक तनाव, अपजस, असामान्य रोग, परिवार भित्र बिमारी जस्ता समस्या झेल्नुपर्ने हुनसक्छ। स्वस्थ्य स्थितिलाई विचार गर्नुपर्दा पेटको समस्या, ब्लड प्रेससरमा समस्या आदि उत्पन्न हुनसक्छ भने संक्रमणका रोगले पनि अप्ठ्यारो पार्नेछ। यो वर्ष शुभ रंग सेतो, गुलाबी, चादी रंग आदि लाई मान्न सकिन्छ।  

शुभ अंक २, ४, र ६ रहेका छन् भने जोर अंकलाई अझ बढी जोड दिदा राम्रो रहनेछ। शनिबारको शुद्ध भोजन ग्रहण गर्नुहोला, दिन दुखी एवं अनाथ लाई दान गर्नुहोला। 

मिथुनमिथुन राशी हुनेहरुको लागि यो वर्ष लाभमय नै रहेको छ। प्रारम्भिक अवस्थामा नयाँ कार्यको सुरुवात हुनेछ भने रोजगारीका अवसरहरु पनि खुल्नेछन्। रोकिएका एवं अधुरा कार्यहरू लाई निरन्तरता दिन सहज हुनेछ भने बिग्रिएका सम्बन्ध सुधारको लागि पनि सजिलो वातावरण बन्नेछ। वैवाहिक जीवन जेठ देखि कार्तिक सम्म भने सन्तुष्टजनक हुने देखिदैन। मंसिर देखि वर्षको अन्तिमसम्म का समयमा साझेदारीका कार्यहरूबाट लाभ प्राप्त गर्ने, किर्ती फैलाउने, नयाँ सम्बन्धमा गासिने,धार्मिक कार्य एवं तिर्थस्थलहरुमा सहभागी हुने अवसरहरु प्राप्त हुने आदि देखिन्छ। बोलिको विकास हुनुका साथै सामाजिक क्षेत्रहरूमा पनि सकृयता बढ्नेछ। बौद्धिक क्षेत्रबाट लाभ मिल्नेछ, प्रेम सम्बन्धमा वर्षका मध्य दिनहरु तिर समस्या उत्पन्न हुनसक्छ। घरमा मांगलिक कार्यहरू हुनेछन् भने घर बनाउने, घडेरी जोड्ने जस्ता शुभ समयहरु पनि देखिएका छन्। 

वर्षको अन्त्यतिर अप्ठ्यारोपनहरु आउने, गाली अपजस झमेला आदिमा फस्नुपर्ने, मनमा अशान्ति, असन्तुष्टि आदिको वातावरण बन्ने,परिवारका लागि स्वस्थ्यमा खर्च गर्नुपर्ने आदि हुनसक्छन्। राज्यबाट सम्मान मिल्नेछ भने अध्ययनको क्षेत्रमा पनि प्रगति हुनेछ। कार्तिक भन्दा पछाडि बृहस्पतिको दृष्टि आयभावमा रहने भएकाले अर्थको मामिलामा सुदृढीकरण हुनुका साथै व्यापारमा वृद्धि, जागिरमा तलब वृद्धि एवं पदोन्नति रहनेछ। वैशाख, मंसिर र चैत महीना आर्थिक अवस्थाको लागि राम्रो मान्न सकिन्छ। स्वस्थमा भने डायबेटिज, अल्सर, जण्डिस, नाक कान घाटिको रोग जस्ता समस्याहरु देखा पर्न सक्छन्।यो वर्षको शुभ रंग भने हरियो र पहेँलो रहेका छन्। 

शुभ अंक विचार गर्नुपर्दा १,५,६ रहेका छन्।आइतबारको दिन जटा सहितको नरिवल गंगामा प्रवाह गरिदिनुहोला। 

कर्कटकर्कट राशी हुनेहरूको लागि यो वर्ष शुभ नै मान्नुपर्छ। जगलग्नमा चन्द्रमा सँगै रहेकोले कुनै पनि कार्यहरूमा सफलता प्राप्त हुने, प्रतिकुल वातावरण नै रहने आदि हुनेछ। सामाजिक कार्यहरूमा अग्रसर हुने, मान मर्यादा बढ्ने, सम्मान तथा उपहार हरु हासिल गर्ने, व्यवसाय एवं साझेदारी हरु बाट प्रशस्त लाभ लिने, सुवर्ण अवसरहरु प्राप्त हुने आदि रहेका छन्। आफन्तहरुमा सामिप्यता बड्नेछ भने सबै क्षेत्रहरू बाट सहयोग एवं लाभ प्राप्त हुनेछ। विशेषगरी होटेल, कृषि, फार्मेसी आदि व्यवसायमा लागेका हरुको लागि यो वर्ष प्रगतिशील वर्ष रहेको छ। धार्मिक कार्यहरूमा रुचि बढ्नुका साथै यात्राका अवसरहरु पनि मिल्नेछन्। वैदेशिक कार्यबाट सफलता मिल्नेछ। 

अर्थतन्त्र बलियो हुनुका साथै अकस्मात धनलाभका समयहरु पनि बनेका छन्। प्रतिस्पर्धा हरु बाट सफलता हासिल हुनेछ। अध्ययनलाई जोड्नुपर्दा कर्क व्यक्तिहरुको लागि निकै प्रगतिशील समय रहेको छ। अधुरा पढाईहरु पुरा हुनेछन्, तर्क शक्ति बढ्नेछ भने अन्य वक्तव्य कार्यक्रम हरुमा सहभागी भइनेछ । नयाँ प्रेमसम्बन्ध गासिनेछन् भने प्रेममा पनि सफलता मिल्नेछ। यात्रा तथा प्रविधिमा धेरै खर्च गर्नुपर्ने हुनेछ। स्वस्थ्य को दृष्टिकोणले चिसोको रोग, टाउको दुख्ने समस्या, पिनास आदिले सताउन सक्छ । समग्रमा भन्नुपर्दा कर्कट राशिलाई यो वर्ष निक्कै राम्रो मान्न सकिन्छ। 

शुभ अंक- १,२,९शुभ रंग- सेतो, खरानी सोमबार एवं पूर्णिमाका दिनहरूमा चन्द्रमा र शिव जि को पूजा गर्नुहोला। 

सिंहतपाईंको लागि यो वर्ष मध्यम नै रहेको छ। सन्तानहरुबाट चिन्ता बड्ने, अध्ययनमा समस्या आउने, प्रेममा बाधा अवरोध सिर्जना हुने, मनमा डर एवं शंकाहरु बढ्ने आदि हुनसक्छ । जगलग्न द्वितीय स्थानमा रहेकोले आफन्तजन बाट राम्रै फाईदा हुनेछ। कार्यक्षेत्रलाई विचार गर्ने हो भने व्यापारका क्षेत्र बढ्नुका साथै नयाँ कार्यको सुरुवात पनि हुनेछ। वैदेशिक रोजगारबाट सफलता मिल्नुका साथै नयाँ व्यवसाय वा कार्यक्षेत्रमा लगानी गर्ने वातावरण मिल्नेछ। घरबाट भने टाढाको दूरी हुनसक्छ। 

आध्यात्मिक क्षेत्रमा प्रगति गर्नुका साथै यीनै क्षेत्रबाट सम्मान मिल्ने, प्रतिष्ठा बढ्ने आदि हुनेछ। केही संघर्ष पश्चात् सफलता प्राप्त हुने, पदोन्नति हुने, घर वाहन आदिको सुख मिल्ने, परिवारमा खुसी आउने आदि हुनेछ। घर परिवारका कोहि सदस्य विदेश वा घरबाट टाढा भएको भए घर फर्किने, आफन्त एवं पुराना मित्रहरू सँग भेट हुने समय रहेको छ। आर्थिक दृस्ठिकोणले यो वर्ष निक्कै उतारचढाव हरु आउनेछन् भने असार, साउन, कार्तिक र माघका महिना शुभ मान्न सकिन्छ। स्वस्थ्यको हिसाबले आँखा र हाडजोर्नी को समस्या निम्तिन सक्छ। 

शुभ अंक–३, ५, ९ शुभ रंग–पहेँलो, सुन्तला, रातो आईतवारको दिन नृसिंह भगवानको आराधना एवं मंगलबारको दिन हनुमानको पूजा गर्नुहोला। 

कन्या कन्या राशी हुनेहरुको लागि यो वर्ष सामान्य नै मान्न सकिन्छ। विदेश संग सम्बन्धि कार्यहरू बाट सफलता मिल्नेछ भने बाहनादी प्राप्त गर्ने योग हरु पनि निर्माण भएका छन्। घरबाट टाढाको दूरी हुनेछ भने परिवार भित्र केही समस्या, संकट वा रोगहरु उत्पन्न हुन सक्छन्। जोखिमपुर्ण कार्यबाट भने सावधानी अपनाउँदा नै राम्रो हुनेछ। जगलग्न कन्यामा नै रहेकोले व्यक्तित्व विकास हुनुका साथै प्रभावकारी कार्य तथा योजनाहरु पनि अगाडि बढ्नेछन्। 

चोटपटक वा दुखाईको समस्या निम्तिन सक्ने भएकाले यी विषयमा अल्लि ध्यान पुर्याउनु नै राम्रो रहला। अध्ययन अध्यापन कार्तिक भन्दा पछि प्रगतिशिल नै रहनेछ भने दाम्पत्य सुख प्राप्ति, सन्तानप्राप्ती आदिको संभावना हरु रहेकाछन्। जग्गाजमिन वा पैत्रिक सम्पत्तिको कारण झमेलामा फस्नुपर्ने, असहज परिस्थिति सिर्जना हुने आदि हुनसक्छ। सामाजिक तथा कानुनी कुराहरूमा पनि अलिक सजगता अपनाउनुहोला। 

प्रेमसम्बन्ध हरु मा सुधार आउनेछ, पत्रकारिताको क्षेत्रमा प्रगति हुनेछ भने सम्बन्ध सुधारको लागि पनि मौका हरु मिल्नेछन्। धार्मिक यात्राका प्रशस्तै संभावनाहरु बन्नुका साथै कार्यक्षेत्र वा जागिरको शिलसिलामा टाढाको यात्रा गर्नुपर्ने अवस्था आउनेछ। जिम्मेवारी वा कार्यभारले लगभग फल्गुणसम्मका समय ब्यस्ततामा नै राख्नेछ। सेयर बजारबाट लाभ मिल्नुका साथै आर्थिक दृष्टिकोणले पनि प्रगतिशील नै रहेको छ। खासगरी असार, साउन, फाल्गुन र चैत का महिना अर्थको लागि राम्रो रहेको छ। पढाइमा प्रगति हुनेछ भने बिग्रिएका विषय हरुमा पनि राम्रै नतिजा प्राप्त हुनेछ। आलोचना गर्नेहरू र बिगार गर्न खोज्नेहरुले पनि तारिफ गर्नेछन्। स्वस्थ लाई विचार गर्दा पेटाका रोग, मुटुको समस्या, चोटपटक आदिले सताउन सक्छ। 

शुभ अंक ९ ५,६ शुभ रंग९ हरियो, रातो र नीलो शनिबार भैरबको दर्शन, भगवतीको पूजा गर्नुहोला। गाईलाई आहारा दिनुहोला। 

तुलावर्ष शुभाशुभ दुवै रहेको छ। मनोरञ्जनको क्षेत्रमा समय खर्च हुनुका साथै भेटघाट र यात्राहरुमा वराम्रै अनुकूलता रहनेछ। सन्तान प्राप्तिको लागि राम्रो समय रहेको छ भने धनहरुमा पनि वर्षको मध्य दिनहरुमा वृद्धि हुँदै जानेछ। पढाई भने सामान्य नै रहनेछ भने रोजगार एवं कार्यक्षेत्र परिवर्तन हुने संभावना धेरै रहेको छ। जगलग्न व्ययमा परेकोले खर्च अधिक हुने, लोनले सताउने वा दिएको रकम फिर्ता हुन गाह्रो हुने आदि हुनसक्छ। पीतासँगको सम्बन्ध मा केही खटपट रहन सक्छ। 

दाम्पत्यको लागि यो वर्ष शुभ नै रहेको छ। आध्यात्मिक क्षेत्रबाट प्रगति हुनुका साथै विभिन्न मांगलिक कार्य एवं धार्मिक प्रतिष्ठान हरु मा सहभागीको निमन्त्रणा हरु आईरहनेछन्। सूचना प्रविधिमा विकास गर्नुका साथै यीनै क्षेत्रमा लागेकाहरुले उन्नति गर्ने समय पनि रहेको छ। प्रेमका मामिलामा उत्साह बढ्नेछ भने धर्मका विषयमा खोज तथा अनुसन्धान हरु पनि बढ्नेछन्। घरगृहबाट केही टाढा रहनुपर्ने अवस्था भने सिर्जना हुनसक्छन्। संचार वा मेडियाबाट सहयोग मिल्ने, यीनै क्षेत्रमा प्रगति गर्ने आदि पर्यावरण पनि रहेको छ। खासगरी बायोलोजीकल कुराहरूमा ध्यानाकर्षण बड्नुका साथै यसप्रति उत्साह पनि जाग्नेछ। विवहा तथा इन्गेजमेन्टका संभावना हरु धेरै देखिन्छन्। आर्थिक अवस्थालाई हेर्दा साउन, असोज, पुस र फाल्गुन का महिना केही शुभ नै मान्न सकिन्छ। स्वस्थ स्थितिमा भने आँखा मा समस्या, मृगौलामा समस्या एवं पुराना रोगहरुले सताउने आदि हुन सक्छ। 

शुभ अंक ९ २, ६, ८शुभ रंग९ पहेँलो, सेतो, खरानी शुक्रबार लक्ष्मीको पूजा एवं बिहिवार पिपलको पूजा गर्नुहोला। 

वृश्चिक वृश्चिक राशिको लागि भने यो वर्ष शुभ नै रहेको छ। बिग्रिएका कुराहरू मा सुधार हुँदै जानेछ। अधुरा सपनाहरू पूरा हुनेछन् भने रोजगारीका नयाँ मार्गहरु पनि देखिनेछ। मनमा जोस जागर बढ्नुका साथै नयाँ योजनाहरुको रेखाचित्र पनि हुनेछ। घरभित्र मांगलिक कार्य हुनेछ। बोलिको प्रभाव बढ्नुका साथै शैक्षिक क्षेत्रहरुबाट पनि उन्नति हुने देखिन्छ। बृहस्पतिको दृष्टि पञ्चम र भाग्यमा रहने भएकोले जेठ देखि कार्तिक सम्म पढाइमा प्रगति हुने, उच्च शिक्षामा सफलता प्राप्त हुने, भाग्यले साथ दिने आदि हुनेछ। द्वितीय स्थानमा शनि र केतुको प्रभाव रहेकोले आफन्त वा कुटुम्बमा अप्ठ्यारो पतिस्थिती सिर्जना हुनसक्छ। वैदेशिक क्षेत्र सँग सम्बन्धित कामहरुले सार्थकता पाउनेछ। वर्षको अन्तिम तिरबाट नयाँ बाटाहरु खुल्नुको साथै सकारात्मक अवसरहरु पनि प्राप्त हुनेछ। प्रेम प्रसंग राम्रै रहनेछ । जगलग्न आयभाव मा रहेकोले आयस्रोतहरु बढ्ने, आर्थिक लाभ प्राप्त हुने आदि देखिन्छ। वैशाख, भदौ र असोजको महिना शुभ मान्न सकिन्छ। स्वस्थ स्थिति विचार गर्दा गुप्त रोगले सताउने, महिलाहरूमा मासिक धर्ममा समस्या आउने, मुखमा, नाकमा घाउहरु देखिने आदि समस्या देखापर्न सक्छन्।  

शुभ अंक–१,२,५,९शुभ रंग–रातो, पहेँलो मंगलबारको दिन भगेर, कुलदेवता, नाग देवता आदिको पुजा गर्नुहोला साथै बुधबार परेवालाई चाहरा दिनुहोला। 

धनुधनु राशी हुनेहरुको लागि फाल्गुनको महिना सम्म उच्च साढेसातीको प्रभाव रहनेछ। वर्षको प्रारम्भ देखि जेठको महिना र कार्तिक देखि पछाडीका महिना भने बृहस्पतिको गोचरको कारण शुभ फलदायी नै रहनेछ। प्रारम्भमा रोकिएका कामहरू बन्नेछन्। मानसिक अशान्तिहरु बढ्नेछ, मनमा शंका उत्पन्न हुनुका साथै दाम्पत्यमा पनि खटपट उत्पन्न हुनेछ। पढाईमा अवरोध भएतापनि कार्तिक भन्दा पछाडि सुधार हुँदै जानेछ। जगत लग्न कर्मस्थानमा परेकोले कार्यक्षेत्र भने बलियो हुनुकासाथै जिम्मेवारी कार्यहरू थपिनेछन्। घरबाट टाढाको यात्रा हुनेछ भने खेलकुद बाट पनि प्रगति मिल्नेछ । घरभित्र कोहि बिरामी हुने वा अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। 

आर्थिक अवस्था सुदृढीकरण हुँदै गए पनि खर्चको अवस्था न्यूनीकरण गर्न भने मुस्किल नै पर्न सक्छ। अर्थको लागि जेठ र कार्तिक का महिना शुभ रहेका छन्। प्रेमसम्बन्ध भने सामान्य नै रहनेछ। स्वस्थ भने शिरमा समस्या, मानसिक तनाव, डिप्रेसन वा माइग्रेन, पेटको समस्या आदिले सताउनेछ। 

शुभ अंक–३,५,७शुभ रंग–पहेँलो, खैरो, घ्यू रंगसोमबार महादेवको पूजा र शनिबार कालभैरवको पूजा गर्नुहोला। 

मकरप्रारम्भिक साढेसातिमा केतुको प्रभावको कारण ढिलासुस्ती भने भैरहन्छ। कार्यमा अवरोध, दिग्दारी, ढिलासुस्ती, आन्योलता, नैराश्यता आदिले दिनहरु सोचेजस्तो नहुन सक्छन्। कार्तिकका महिनादेखी भने केही अवसरहरु आउने, आध्यात्मिक क्षेत्रमा प्रगति गर्ने आदि देखिन्छ। जगलग्नको शुभ प्रभावको कारण कुनै बिग्रिनै लागे तापनि अकल्पनीय ढङ्गबाट पूरा हुनेछन्। धर्म तथा प्रेरणादायी विषयमा मन जानेछ भने प्रेमसम्बन्धमा निराशता उत्पन्न हुनसक्छ। 

वैवाहिक सम्बन्धमा गासिने सम्भावनाहरु राम्रा रहनुका साथै आफन्तबाट सहयोग पनि मिल्नेछ। प्राकृतिक बिपत्ति व स्वघटित समस्याले कतै अवरोध गरेको महसुस हुनेछ। बिरोधि हरु पनि समर्थन गर्नेछन् भने राजनीति बाट पनि सफलता प्राप्त हुनेछ। मुद्दा मामिलामा जित हुनुका साथै प्रतिस्पर्धामा अगाडि नै रहने देखिन्छ। आर्थिक अवस्था गाह्रो नै रहेता पनि असार, कार्तिक र मंसिरका महिना शुभ रहेका छन्। स्वस्थ स्थिति मा भने दाँतमा समस्या आउने, छालामा एलर्जी हरु देखिने आदि हुनसक्छन्। 

शुभ अंक–३,५,७,८ शुभ रंग–हरियो, पहेँलो, खैरो, ध्रुम (धुवाँ रंग)हरेक शनिबार र मंगलबार हनुमान जि को आराधना गर्नुहोला। 

कुम्भपठनपाठन लगायत शैक्षिक क्षेत्रमा उन्नतिशील नै रहन्छ । सोचेका कुराहरू पुरा हुनेछन् भने बोलिको प्रभावले आफ्ना सहयोगीहरु पनि बढ्नेछन्। सबैतिरबाट हौसला मिल्नुका साथै मनमा शान्ति मिल्नेछ । सजिलै चुनौतीहरुलाई पन्छाउन सकिनेछ भने आफन्तहरु बाट प्रेरणा तथा हौसला मिल्नेछ। बुद्धि तथा तर्कको प्रयोगले समाजमा राम्रै छाप बसाल्न सकिएला । 

वैवाहिक जीवनमा भने समस्या उत्पन्न हुन सक्छ। जागीरमा अपजस हरु सहनुपर्ने स्थिति बन्नेछ । धार्मिक, राजनैतिक तथा सामाजिक कार्यहरुमा धेरै समय बित्नेछ भने कुनै पनि कार्यलाई गम्भीरता पुर्वक लिएर सफलता प्राप्त गर्ने समय रहेको छ। जीम्मेवारीहरु बढ्नेछन्। आर्थिक दृस्ठिकोणले साउन, मंसिर र पुसका महिना शुभ रहेका छन्। स्वस्थ स्थिति भने कानमा समस्या, कपालमा समस्या एवं छालाका रोगहरुले सताउन सक्छन्। 

शुभ अंक– ३,५,६,८शुभ रंग–नीलो, पहेँलो, खरानी चतुर्थी तिथिहरुमा गाईलाई हरियो घाँस दिनुहोला। 

मीनतपाईंको लागि यो वर्ष मध्यम फलदायी रहेको छ । जग्गाजमिन का कारोबार हरु बाट विवाद उत्पन्न हुने, घाटा ब्योहर्नुपर्ने आदि हुनसक्छ। प्रायजसो समय व्यर्थको विवादमा बित्नेछ भने मनमा शंका उपशंका हरु पनि बढ्नेछन्। ब्यापार ब्यवसाय बाट भने राम्रै लाभ मिल्नेछ। घरमा मांगलिक कार्यहरु हुनुका साथै आध्यात्मिक क्षेत्रमा रूचि पनि बढ्नेछ। नयाँ योजनाहरु गति पाउनेछन् पनि नेतृत्वदायी भुमिका पनि राम्रै रहनेछ। संघ सस्थाहरुबाट सम्मान मिल्नेछ भने बिरोध गर्नेहरुले पनि साथ दिनेछन्। 

नयाँ कामको सुरुवात हुनुका साथै साहित्य क्षेत्रमा पनि प्रगतिशील नै रहनेछ। सेयर बाट भने केही उतारचढाव हरु देखा पर्नेछन्। प्रेम सम्बन्धहरु पछिल्ला दिनहरु जस्तै सामान्य नै रहलान्। जगलग्न सप्तममा रहेकोले साझेदार बाट पनि लाभ मिल्नेछ भने पति पत्नी बिचको सम्बन्ध अझ सुमधुर हुँदै जानेछ। आर्थिक दृष्टिकोणले जेठ, भदौ र माघका महिना शुभ रहेका छन्। स्वस्थ्य स्थिति विचार गर्दा संक्रमणका रोगले सताउने, चोटपटक लाग्ने, शरीरमा सर्जरी गर्नुपर्ने आदि अवस्था हरु देखिन्छन्। 

शुभ अंक– ३,७,९शुभ रंग– पहेँलो, रातो सोमबार र पञ्चमी को दिनहरुमा शिबलिङ्गमा जल चढाउनुहोला। 

ज्योतिषी राजकुमार आचार्य 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *