‘दाल भात तरकारी’ को सार्वजनिक ट्रेलर यस्तो छ

 

बैशाख १, काठमाडाैँ ।  कमिडियन नेपाली चलचित्र दाल,भात, तरकारीको ट्रेलर सार्वजनिक गरिएको छ ।  महजाेडीको प्रस्तुतिमा बनेको यस चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् । 

यो चलचित्र सुदन के.सी.को डेब्यू निर्देशनमा बनेको चलचित्र हो । करिब ३ मिनेटको ट्रेलरमा अमेरिकाप्रतिको मोह र त्यही अमेरिका जान गरिने बिभिन्न भागडौडबारेकाे विषय वस्तु समावेश गरिएको छ । सार्वजनिक ट्रेलर हेर्दा लाग्छ की चलचित्र भरपुर कमेडीले भरिएको छ , जसले गर्दा दर्शकले भरपुर मनोरन्जन प्राप्त गर्न सक्नेछन् । 

null

यस चलचित्रमा मुख्य भुमिका हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, निरूता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, प्रियंका कार्की, शिशिर वाङ्देल, विल्सन विक्रम राई लगायतको कलाकारहरुको रहेको छ । 

यस चलचित्रमा शम्भुजित बास्कोटाको संगीत दिएका छन् भने मित्र डी गुरुङले समपादन गरेका छन् । यस चलचित्रको छायांकन छ दिर्घ गुरुङले गर्नुका साथै कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहेको छ । उक्त फिल्मको प्रर्दशन मिति भने बैशाख २० गते तय भएको छ । 

सार्वजनिक ट्रेलर यस्तो छ 

 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *