लोकसभा चुनावः भोट हाल्न निस्कियो बलिउड

 

बैशाख १६, नयाँ दिल्ली । भारतीय लोकसभा चुनावको चौँथो चरणमा आज ९ राज्यको ७१ लोकसभा सिटमा मतदान भइरहेको छ । 

यसमा महाराष्ट्रका सबैभन्दा धेरै १७ उत्तर प्रदेश र राजस्थानको १३–१३ र पश्चिम बंगालको ८, मध्ये प्रदेश र उडीसाको ६–६, बिहारको ५, झारखण्डको ३ र जम्मू–काश्मिरको १ सीटमा भोट हालिँदैछ । 

null

चुनाव आयोगका अनुसार चौँथो चरणमा बिहान ९ बजेसम्ममा सबै ९ राज्यमा १०.२७ प्रतिशत भोट हालिएको छ । 

 

बलिउडका हस्तीहरुले पनि आज भोट हालिरहेका छन् । अभिनेत्री राखी सावन्तले भोट हाल्दै आफूले चुनेको पार्टीलाई चेतावनी पनि दिएकी छिन् । उनले भनेकि छिन् कि, सरकार बनेपछि सबै किसिमको भ्रष्टाचार हटाउनुपर्छ । 

यस्तै अभिनेता आमिर खान र उनकी पत्नी किरण राव पनि भोट हाल्न पुगेका छन् । यसैगरी प्रियंका चोपडाले मुम्बईमा आफ्नो मताधिकार प्रयोग गरेकी छिन् । त्यस्तै करिना कपूर, सञ्जय दत्त, कंगना रणवत लगायतले पनि भोट हालेका तस्विरहरु सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *