प्लस २ साइन्स कलेजहरुको अनलाइन शिक्षामा बढ्दो चासो

बैशाख १२, काठमाडौँ । डाक्टर, ईन्जिनियर लगायत अन्य बिभिद प्राविधिक अनि दक्षताको क्षेत्रमा जाने सपना बोकेर हरेक वर्ष प्लस २ साइन्समा जुझारु अनि राम्रो अकं ल्याएका विद्यार्थीहरुको भर्ना हुने गर्दछ । 

 

यि विद्यार्थीहरुमा लगाव, मेहनत अनि प्रतिस्पर्धा पनि धेरै नै रहेको हुन्छ, यस प्रतिस्पर्धा अनि लगावका बिच प्लस २ साइन्सका बिधार्थीहरु प्लस २ पश्चात मेडिकल, ईन्जिनियरिङ लगायत थुप्रै प्रवेश परीक्षामा संलग्न हुने हन्छन् । 

null

अनवरत तयारी अनि शिक्षा आर्जनको सपनामा यि  विद्यार्थीहरु केहि मेडिकल, केहि ईन्जिनियरिङ अनि अन्य थुप्रै स्ट्रीमहरुमा भर्ना हुने अनि उच्च शिक्षाका लागि बिदेश जाने क्रम बढी रहेको  देखिन्छ । 

अहिलेको परिवर्तित परिपेक्ष्यमा हुने अधिकांश विश्वस्तरिय कलेज र कोर्सका पढाईहरु अनलाईन मार्फत पनि हुने देखिन्छ र यस क्रममा नेपाली कलेजहरुको अनलाईन अध्यापन अनि प्रविधिमैत्री शिक्षण पद्धति आजको आवश्यक्ता रहेको छ । 

आगामी दिनहरुमा आईओई, आईओएम लगायतका प्रवेश परीक्षाहरुपनि अनलाईन हुने तयारीका कुराहरु छन् साथै बिभिन्न बिदेशी परीक्षाहरु जस्तै आइएल्टस, स्याट, टफल, भारतको नीट यूजी र पीजी, एमसीआई लगायतका प्रवेश परीक्षाहरु अनलाइन सञ्चालन भइरहेको र हजारौंका संख्यामा नेपाली विर्थीहरुको ति परीक्षाहरुमा सहभागिता रहेको स्पष्ट तथ्याकं पनि छ । 

तर के नेपाली कलेजहरुले अनलाईन साक्षर बिधार्थी तयार गर्न प्रविधि मुलक शिक्षण अपनाएको छ त ? गम्भीर चुनौतिको बिषष बनेको छ । यसै क्रममा काठमाण्डौं कालीमाटीको काठमाण्डौं कलेज अफ सेन्ट्रल स्टेटले भर्खरै आफ्नो प्लस २ साइन्सका विद्यार्थीहरुको लागि अनलाइन सिस्टम सञ्चालनमा ल्याएको छ । उक्त अनलाइन सिस्टमको सहकार्य कलेज अफ सेन्ट्रल स्टेट ले स्याटसम  नामक प्रविधी र डिजीटल पाठ्यक्रम सामाग्री उत्पादक सँग गरेको बताइएको छ । 

यस अनलाइन लर्निगं पोर्टलबाट विद्यार्थीहरुले स्याटसम सस्क्राइव गर्ने घरमा नै बसी प्राक्टिस टेस्ट गर्न सक्ने छन् । उनीहरुले आफ़ुलाइन कठिन लागेका प्रश्न स्याटसम सस्क्राइव गरेका साथीभाइ तथा शिक्षक बीच छलफल गर्न सकिने पनि सक्नेछन्, आफुले कति पढेको छु र कति पढ्न बाकि छ भनेर हेर्न सक्नेछन्, सम्पूर्ण बिषयका नोटहरु अनलाइन हेर्न सक्नेछन्, लगायत अन्य विभिन्न सुविधा सहित विद्यार्थीलाई सहज होस भनी यस्तो प्रविधी संचालनमा ल्याईएको बताईएको छ । 

यो नेपालमै पहिलो पूर्ण अनलाइन पोर्टल रहेको यस कलेजका चिफ रमेश घिमीरेले बताउछन् । स्याटसम मार्फत् पढेर टप गर्ने  विद्यार्थीलाइ चाइनाको जियान प्रान्तमा ईन्जिनियरिङ अध्ययनको लागि फुलस्कलरशिपको समेत ब्यबस्था भएको उनी बताउँछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *