नयाँ वर्ष फाइदाजनक सवित भयो फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ लाई

 

बैशाख ३, काठमाडौँ । चलचित्र व्यवसायीलाई २०७५ नफापे पनी २०७६ भने फापेको छ । लामो समय देखी चलचित्र व्यवसायी घाटामा गईरहेको अवस्थामा नयाँ वर्ष शुरु भएसँगै हलमा लागेका चलचित्र  ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ ले  व्यवसायीलाई उस्काएका छन् । 

नयाँ वर्षको अवसर पारेर प्रर्दशनमा ल्याईएको नायक अनमोल के.सी. र नव नायिका अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ र नायक सलिनमान बनियाँ र नव नायिका मल्लिका महत्त अभिनित चलचित्र ‘यात्रा’ ले राम्रो व्यापार गर्न सफल भएको छ । 

null

यी दुबै फिल्मले राम्राे व्यापर गरी रहेको चलचित्र वितरकले दावी गरेका छन् । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ३’ पहिले र दोस्रो दिन राम्रो दर्शक पाएका थिए भने शनिबार फिल्मले आक्रमक व्यवसाय गरेको निर्माता सुनिल कुमार थापाले बताएका छन् । 

 

यस चलचित्रले शनिबार गोपी, अष्टनारायण, गुण, गंगा, कलंकी, बहारी लगायत चलचित्र घरमा दर्शकको भिड्भाड निकै देखिएको थियो । मल्टिपेलेक्स सिभिल, जय नेपाल, छायाँ सेन्टर, कुमारीका साथै विग मुभिज, बिएसआर, एफ क्युब लगायतका हलमा दर्शक को भिड्भाड देखिएको निर्माता थापाले बताएका छन् । अझ कतीले त यस फिल्मको टिकट सम्म पाएका थिएनन् । 

चलचित्र ‘ए मेरो हजुर ३’ले त्यती राम्रो व्यापार गर्नुको पछाडि नायक अनमोल केसीको क्रेज, चलचित्रको नामको ब्रान्ड, गीतसंगीत, निर्देशक झरना थापा र ट्रेलरलाई पनी लिन सकिन्छ । । चलचित्र क्याप्टेनबाट केही हदसम्म निराश भएका अनमोल यस फिल्मबाट भने चम्किएका छन् । 

सोही दिनमा प्रदर्शनमा आएको दोस्रो चलचित्र हो ‘यात्रा’ शुक्रबारबाटै प्रदर्शनमा आएको यस फिल्मको शुरुवात पनी राम्रोसँग नै भएको थियो । यस चलचित्रले शुक्रबार साँझ प्रिमिएर गर्दा राम्रो प्रतिक्रिया पाएको थियो । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण शनिबार फिल्मले राम्रो व्यापार गरेको थियो । 

 

यस चलचित्रकाे प्रिमिएर हेरेपछि कलाकार, निर्देशक र निर्माता दीपाश्री निरौलाले ‘यात्रा’ पैसा असुल फिल्म भएको बताइन् । सलिन र डेब्यू गर्ल मलिका महतको अभिनयको उनले प्रशंसा समेत  गरिन् । चकलेटी ब्वाई सलिनमान बनिया स्टारर फिल्म ‘यात्रा’ले बक्स अफिसमा राम्राे कलेक्शन गरेको निर्माता सुशील पोखरेल बताउँछन् । 

चलचित्र ‘ ए मेरो हजुर २’ बाट डेब्यु गरेको नायक बनियाँलाई चलचित्र ‘ ए मेरो हजुर २’ मा उनको अभिनय कमजोर भएको कारण चलचित्र सफल हुन नसकेको सम्म आरोप लागेको थियो भने चलचित्र ‘यात्रा’ दर्शकले हेरेपछी उनको तारिफ नै तारिफ गरेका थिए । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *