अचम्मकाे हाेटल जहाँ पुग्न ६० हजार सिँढी चढ्नु पर्ने

 

बैशाख २ ।  आफ्ना ग्राहकलाई नौलो अनुभुति दिलाउनका लागि दुनियामा अनेक खालका होटेल खुलेका छन् । यस्तै एउटा अनौठो होटल चीनमा छ । चीनको येल्लो माउन्टेनमा अवस्थित उक्त होटलमा पुग्नका लागि ६० हजार सिँढी चढ्नु पर्दछ । 

उक्त चारतारे होटलको नाम जेड स्क्रिन होटल हो । पहाडमा १८३० मिटर उचाईमा रहेको उक्त होटलबाट हंगशन पर्वतीय श्रृंखलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । पहाडी क्षेत्रमा १५ सय वर्षभन्दा पनि पूराना सल्लाका रुखहरु छन् । 

null

होटलसम्म पुग्नका लागि ६० हजार सिँढीको विकल्प पनि छ । त्यो हो केबुल कार । होटल निकै भव्य तथा सुविधा सम्पन्न छ । त्यहाँ स्पा तथा स्विमिंग पुल समेत छन् । 

होटलमा जानका लागि सिँढी चढ्न नसक्ने मानिसलाई भरियाले बोकेर पूराउने सुविधा पनि छ । पहाडमा खोपेर बनाइएको बाटो र त्यसमा रहेका सिँढीहरु चढ्दा निकै डरको अनुभुति पनि हुनसक्छ । होटलमा ६५ वटा सुविधासम्पन्न कोठाहरु रहेका छन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *