कलिउड स्टार अनमोल र सलिनमानको टक्कर

चैत्र २९, काठमाडौँ । आज फ्राइडे रिलिजमा नेपाली दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ एकसाथ प्रदर्शनमा आएको छ । बिगत केही समय देखी २ वा तिन चलचित्र जुध्दै आईरहेको अवस्थामा २०७५ कोअन्तिम महिना चैत्रको अन्तिम साता आज शुक्रबार पनी दुई चलचित्र जुधेका छन् । यसरी दुई चलचित्र एकसाथ जुधाउँना चलचित्र व्यवसायीलाई खासै नाफा नभए पनि २०७५ साल लागे देखी २ वा तिन चलचित्रहरु जुध्दै आई रहेको छ । यी दुई फिल्ममा कुन फिल्म हिट हुने हो यो त दर्शकको हातमा  भर पर्ने कुरा हाे । तथापी यी दुई चलचित्रमा २ नव नयिकाको ईन्ट्रिसँगै यो सालले आउँने २०७६ साललाई स्वागत भने अवश्य गरेको छ ।  

‘ ए मेरो हजुर ३’ 

नायिका तथा निर्देशिका झरना थापाको निर्देशनमा बनेको यस फिल्मलाई निर्माण भने सुनिल कुमार थापाले गरेका हुन् । यस फिल्ममा नायकमा अनमोल र नायिकामा  सुहाना थापा रहेका छन् । सुहाना थापा झरनाकी छोरी हुन् । आफ्नो छोरीलाई यस फिल्मबाट झरनाले डेब्यु गराएकी हुन् । 

null

 म्यूजिकल लभ स्टोरीमा निर्धारित यस चलचित्रमा अनमोल र सुहानासँगै अर्पण थापाको पनि मुख्य भूमिका रहेको छ। यस फिल्मको हिजो साँझ प्रिमिएर शो समेत गरिएको थियो । प्रिमिएर शो मा कलाकार र पत्रकारले सहभागिता जनाएका थिए । प्रिमिएरमा सहभागी अधिकाम्सले यस चलचित्रको बिषयमा मिश्रित प्रतिक्रिया दिएका थिए । 

 

‘यात्रा’यस चलचित्रको निर्देशन सम्राट शाक्यले गरेका हुन् उनको यो चलचित्र डेब्यु निर्देशनमा बनेकाे चलचित्र हाे । यस चलचित्रमा नायक सलिनमान बनियाँ र नव नायिका मल्लिका महत्तको मुख्य भुमिका रहेको छ । नव नायिका मल्लिका महत्तको यो डेव्यु चलचित्र रहेको छ । 

फिल्मलाई जर्नी लभ स्टोरीको रुपमा देखाईएको छ भने यात्रा गर्दा आउने अनेक परिस्थितिलाई कसरी सामाना गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ । यस फिल्ममा सलिमान र मल्लिका लगायत अन्य कलाकार सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा , रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल सौगात शर्मा लगायत कलाकार रहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *