यी कलाकारमाथी लाग्यो रु ५० लाख ठगीको मुद्धा

 

चैत्र २८, काठमाडौँ । केही समय अगाडी इटहरीबाट पक्राउ परेकी कलाकार तथा निर्मात्री प्रज्ञा जोशीलाई रु. ५० लाख ठगी गरेको आरोप लगाईएको छ । अपराध अनुसन्धान महाशाखा काठमाण्डौंका अनुसार हाल उनीलाई हुनुमान ढोकामा थुनामा राखेर अनुसन्धान अघी बढाईएको छ । 

केहि बर्ष अघी विभिन्न वाहानामा सर्वसाधरणलाई ठग्दै आएकी जोशीमाथी लाखै रुपैयाँ ठगी,चेक वाउन्स जस्ता ठगी मुद्धा दर्ता भएको महानगरीय प्रहरी परिसर हनुमान ढोकाका डिएसपी दुर्गा दाहालले जानकारी दिएका छन् । 

null

बिभिन्न टेलिसियल तथा चलचित्रमा समेत काम गरेकी जोशीले सर्वसाधारण सुबर्ण कुमारी श्रेष्ठलाई जग्गा मिलाई दिने भन्दै रु. ५० लाखमा ठगी गरेकी थिइन् । आरोपी जोशीलाई श्रेष्ठको  उजुरीको आधारमा इटहरीमा लुकीछिपी बस्दै आई रहेकी जोशीलाई पक्राउ उनी बिरुद्ध मुद्धा दर्ता गरिएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *