दिपक मनाङ्गेको चलचित्रमा पूजा–आकाशलाई महंगो पारिश्रमिक, कसले कति लिए ?

 

बैशाख २, काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठका फ्यानका लागि खुशीको खबर आएको छ । पूजा–आकाशलाई जोडीको रुपमा एउटै चलचित्रमा देख्न चाहने दर्शक, शुभचिन्तक तथा फ्यानको इच्छा पुरा हुने भएको छ । 

दर्शकको नजरमा कैद भइसकेका जोडी पूजा शर्मा र आकाश श्रेष्ठ पुनः एकसाथ एउटै पर्दामा देखिने भएका छन् । दुई चलचित्रमा जोडी जमाइसकेका नायक श्रेष्ठ र नायिका पूजा नयाँ चलचित्र ‘पोई पर्यो काले’ मा फेरि एकसाथ काम गर्ने भएका हुन् । 

null

शिशिर राणाको लेखन–निर्देशनमा बन्न लागेको उक्त चलचित्रमा पूजाले २० लाख र आकाशले १८ लाख पारिश्रमिक लिएको बताइएको छ । 

‘सम्हालिन्छ कहिले मन’ का लागि १५ लाख पारिश्रमिक लिएकी पूजाले २० लाख पारिश्रमिक लिएसँगै नेपालकी महङ्गी नायिकाको लिस्टमा परेकी छिन् । 

कात्तिक ८ गते लक्ष्मीपूजाको अवसर पारेर रिलिज गरिने चलचित्रको छायांकन जेठबाट सुरु गरिने निर्माण टिमले जानकारी दिएको छ । चलचित्रका निर्माता दिपक मनाङ्गे हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *