सबैलाई चकित पार्न यस्ताे क्रियाकलाप गर्दा घट्याे डर लाग्दाे घटना

बैशाख ८ ।  मस्को पुलिसले हालै शहरभन्दा करिब १२८ किलोमिटर टाढाको जंगलमा रुखमा बाँधिएको एक नरकंकाल भेटेको छ । अनुसन्धानमा पत्ता लागेअनुसार यो कंकाल इवान क्लूशारेवको हो जसलाई अन्तिम पटक मस्कोमा नै दुई वर्ष अघि देखिएको थियो । 

 

रुसी पुलिसका अनुसार इवान हाइकिङ र ‘सर्वाइभल स्किल्स’मा अनुभवी थिए । उनी मानिसहरुलाई चकित पार्ने किसिमको क्रियाकलाप गर्न चाहन्थे । यसै कोसिसमा उनले शतूराको सुनसान जंगलमा आफूलाई चेनमा ताल्चा लगाएर रुखमा बाँधेको हुन सक्ने र त्यो खोल्न असफल भएको हुन सक्ने अनुमान पुलिसले गरेका छन् । उक्त जंगलमा हत्तपत्त कोही पनि नजाने पुलिसले जानकारी दिएको छ । 

null

रुखको अगाडि नै रेकर्डिङका लागि राखिएको थियो क्यामराः 

पुलिसले घटनास्थलको अगाडि एउटा टेन्ट र रुख क्यामरा पनि भेटेका छन् । पुलिसले भने, ‘घटनास्थल हेर्दा यस्तो लाग्यो कि इवान साहसी काम गरेर रेकर्ड गराउन चाहन्थे ।’ घटनास्थलबाट पाँच हत्कडी, केही फलामको चेन, ताल्चा र किताब पनि भेटेको बताइएको छ । 

 

रुसको इन्भेस्टिगेटिव कमेटीका अनुसार इवान कठिन परिस्थितीमा आफ्नो ‘सर्भाइभल स्किल्स’ को परीक्षण गर्ने समूहका सदस्य थिए भन्ने कुराको दुईमत छैन । यद्यपी, युवकको मृत्युको कारण फोरेन्सिक अनुसन्धानपछि नै सार्वजनिक हुने अनुमान गरिएको छ । पुलिसले इवानको क्यामरा र कम्प्युटरको अनुसन्धान गरिरहेको छ । 

पहिलो पटक कंकाल देख्ने स्थानीय एडुअर्ड कारपोवले यसको स्थितीबारे जानकारी दिए । उनले भने, ‘मैले रुखमा बाँधिएको हूडी (टोपी भएको टिसर्ट) लगाएको खप्पर देखेँ । उनको कंकाल रुखको पातले ढाकिएको थियो ।’ 

अधिकारीका अनुसार इवानको नाम हराएका मानिसको सूचीमा पनि थियो तर यसअघि शतूरा जंगलमा उनलाई खोजीकार्य असफल भएको थियो । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *