चैत्र २९ गते दुई नेपाली फिल्म जुध्दैः कस्ले बाजी मार्ला ?

 

चैत्र २७, काठमाण्डौँ । फिल्म जुध्ने जुधाउने क्रममा चैत्र २९ गते अर्थात यो हप्ताको शुक्रबार दुई नेपाली फिल्म एकसाथ प्रर्दशनमा आउँने भएको छ । यसरी एकसाथ रिलिज आउँन लागेको दुई फिल्महरु नायक अनमोल के.सी द्वारा अभिनित ‘ए मेरो हजुर ३’ र अर्को फिल्म नायक सलिनमान बनिया द्वारा अभिनित फिल्म ‘यात्रा’ रहेकाे छ ।  

नायक अनमोल के.सी. भनेको अहिलेको सुपरहिट हिरोको रुपमा चिनिने नायकमा पर्छन्, उनले खेलेको प्राय जसो सबै फिल्म हिट भएका छन् भने नायक सलिनमान बनियाले ए मेरो हजुर २ बाट आफ्नो फिल्मी करिअर सुरु गरेका हुन् । पछिल्लो समय आफ्नो चकलेटी लुक्सका कारण सलिन दर्शक माँझ निकै प्रिय छन् । सलिनमानले अहिलेको सुपरहिट नायक अनमोल के.सी. सँग आफ्नो फिल्म जुध्दा आफूलाई डर नभएको एक अन्तवार्तामा समेत बताएका छन् । यी दुई हिरोको टक्करमा कुन फिल्मले बाजी मार्ला त्यो तँ फिल्म प्रदर्शमा आएपछी मात्र थाहा हुने कुरो हो । 

null

 

‘ए मेरो हजुर ३’ए मेरो हजुर ३ लाई नायिका तथा निर्देशिका झरना थापाले निर्देशन गरेका हुन् । यस फिल्ममा नायक अनमोलले नव नायिका सुहाना थाहासँग रोमान्स गर्नेछन् । यो फिल्म सुहाना थापाको को डेव्यु फिल्म हो । सुहाना सुनिलकुमार थापा र नायिका तथा निर्देशक झरना थापाकी छोरी हुन् भने नायक अनमोल के.सी. नायक भुवन केसी र नायिका सुस्मिता केसीका छोरा हुन् । 

यस फिल्मको कथा म्युजिकल लभस्टोरीमा आधारित रहेको छ । फिल्ममा नायक अनमोल र सुहानाको साथै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि मुख्य भमिका रहेको छ । 

 

‘यात्रा’ फिल्म ‘यात्रा’ सम्राट शाक्यको डेब्यु निर्देशनमा बनेको फिल्म हो । फिल्मलाई जर्नी लभ स्टोरीको रुपमा चिनाईएको छ भने यात्रा गर्दा गर्दा आउने परिस्थितिलाई समावेश गरीएको छ । यस फिल्ममा नायक सलिनमान बनिया र नव नायिका मल्लिका महत्तको रोमान्स हेर्न पाईनेछ । नायिका मल्लिकाको  पनी यो डेव्यु फिल्म हाे । 

यस फिल्ममा उनीहरुको अलवा सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय हेर्न पाईनेछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *