चुनावी भ्रमणमा निस्किएका मोदीको हेलिकोप्टरमा ‘शंकास्पद बाकस’

 

बैशाख २, नयाँ दिल्ली । कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरमा ल्याएको एक शंकास्पद बाकसको चेकजाँच गर्न माग गरेको छ । 

पार्टीका अनुुसार मोदीको कर्नाकटमा चित्रदुर्गको चुनावी भ्रमणमा उक्त बाकस हेलिकोप्टरबाट उतारेका थिए । 

null

कांग्रेस प्रवक्ता आनन्द शर्माले प्रधानमन्त्रीसँग यस मामिलामा सफाइ दिन माग गरेको छ । आनन्द शर्माले भने, ‘चुनाव आयोगको बक्सको सामग्री चेकजाँच गर्नुपर्छ । यस सम्बन्धमा निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ ।’ 

प्रधानमन्त्री मोदीले ९ अप्रिलमा कर्नाकटको चित्रदुर्गमा चुनावी र्यालीलाई सम्बोधन गरेका थिए । 

समाचार एजेन्सी पीटीआईका अनुसार शर्माले सोधे, ‘हामीले प्रधानमन्त्रीको हेलिकोप्टरसँगै तीन वटा हेलिकोप्टर उडेको देखेका थियौँ । ल्यान्डिङ पछि एक कालो बाकस बाहिर निकालिएको थियो र त्यसलाई एक निजी कारमा लगिएको थियो । बाकसमा के थियो ? यदि त्यसमा नगद थिएन भने यसको अनुसन्धान हुनैपर्छ ।’ 

A mysterious box was unloaded from PM Modi’s helicopter at Chitradurga yesterday and loaded into a private Innova which quickly sped away. The #ElectionCommission should enquire into what was in the box and to whom the vehicle belonged. @ceo_karnataka pic.twitter.com/iudqT143Bv 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *