अर्न्तराष्ट्रिय भलिवलमा एपिएफ पराजीत

 

चैत २६, चितवन । नेपाल पुलिस क्लवले लगातार जित हात पार्दा शशस्त्र प्रहरी वल (एपिएफ ) ले चितवनको रत्ननगरमा जारी अर्न्तराष्ट्रिय आमन्त्रण पुरुष भलिवल प्रतियोगितामा पहिलो हार व्यहोरेको छ । दोश्रो दिन सोमवार भएको पहिलो खेलमा बंगलादेशको टाईटसलाई सोझो सेटमा पराजीत गर्दै पुलिसले लगातार जित हासिल गरेको हो । 

पुलिसले बंगलादेशलाई २५–१६,२५–२२ र २५–२१ को सोझो सेटमा पराजीत गरेको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । सोमवारकै खेलमा एपिएफ भारतको रेल्वे स्टेशन तमिलनाडुसँग स्तव्ध भयो । पहिलो सेट जित्दै एपिएफले अग्रता लिए पनि त्यसपछिका तीन वटै सेट गुमाउन पुग्यो । पहिलो सेटमा २५–१७ ले अग्रता बनाएको एपिएफ दोश्रो सेटमा २०–२५,तेश्रो सेटमा १९–२५ र चौथो सेटमा २५–२७ ले हार व्यहोरेको प्रतियोगिताका संयोजक घिमिरेले बताए । 

null

बैरिया माविको चौरमा सोमबारनै भएको अर्को खेलमा आयोजक पञ्चरत्न युवा क्लवले प्रदेश नम्वर ३ लाई पराजीत गर्दै पहिलो जीत हात पार्यो । प्रदेश दुईको भने यो लगातार दोश्रो हार हो । 

खेलमा आयोजकले २५–२०,१७–२५,३०–२८ र २६–२१ को सेटमा पराजीत गर्यो । प्रतियोगिता अर्न्तगत आज पहिलो खेलमा नेपाल पुलिस क्लव र आयोजक पञ्चरत्न युवा क्लव,दोश्रो खेलमा प्रदेश नम्वर ३ र बंगलादेशको टाईटस क्लव र तेश्रो खेलमा नेपाल आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले रु ३ लाख र उपबिजेताले रु १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *