बलिउड कंगनालाई भट्टले चप्पलले हिर्काउनुको यस्तो छ कारण

 

बैशाख ३, मुम्बई ।  एक पछि अर्को गर्दै विभिन्न व्यक्तिको बारेमा बोलेर विवादमा आइरहने बलिउड अभिनेत्री कंगनाले पछिल्ला केहि हप्तादेखि अभिनेत्री आलिया भट्ट, महेश भट्ट र उनकी पत्नीका बारेका प्र्रतिक्रिया दिइरहेकी छिन् । 

यसैबीच, कंगनाकी बहिनी रंगोली चन्देल र आलियाकी आमा सोनी राजदानबीच ट्विटरमा भइरहेको युद्धले धेरैको ध्यान खिचेको छ । 

null

रंगोलीले ट्विटरमा लेखेकी छन्, ‘प्रिय सोनी जी, महेश भट्टले आफ्ना फिल्ममा कहिल्यै पनि कंगनालाई स्थान दिएनन् । उनलाई सबैभन्दा पहिले अनुराग बसुले स्थान दिएका थिए । महेश जी क्रियटिभ निर्देशक मात्र हुन् उनी आफ्नो भाईको प्रोडक्शन हाउसमा काम गर्थै उनको आफ्नै प्रोडक्शन हाउस थिएन ।’ 

उनले अगाडि लेखेकी छिन्, ‘कंगनाले ‘वो लम्हे’ भन्दा पछाडि ‘धोका’ मा काम गर्न इन्कार गरिदिएकी थिइन् ।’ 

‘त्यसपछि महेश भट्टले कंगनालाई थर्काए । त्यसपछि उनी ‘वो लम्हे’को प्रिभ्युमा गएकी थिइन् । त्यसपछि महेशले कंगनलाई चप्पल हानेका थिए । उनलाई उनकै फिल्म हेर्न दिएको थिएन जसले उनी रातभरी रोएकी थिइन् ।’ एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *